यूएफा च्याम्पियन्स लीगःएट्लेटिको र बार्सिलोनाको चुनौती पार गरी डर्टमण्ड र पीएसजी सेमिफाइनलमा

IMG-20240417-WA0152.jpg

पेरिस: यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा स्पेनका दुई शीर्ष टीमको चुनौतीलाई पार गरी बोरुसिया डर्टमण्ड र पेरिस सेण्ट जर्मेन (पीएसजी)-ले सेमिफाइनलमा स्थान बनायो। क्वार्टर फाइनल चरणको पहिलो लेगमा यी दुवै टीमले हारको सामना गर्नु परेको थियो तर दोस्रो लेगमा असाधारण पुनरागमन गर्दै डर्टमण्ड र पीएसजी-ले चौथोपल्ट सेमिफाइनलमा स्थान पक्का गऱ्यो। पीएसजी-ले मंगलवार राति खेलिएको दोस्रो लेगको रोमाञ्चक म्याचमा दशजना खेलाड़ीमा सीमित बार्सिलोनालाई ४-१-ले पराजित गऱ्यो। यसरी आफ्नो होम ग्राउण्डमा खेलिएको पहिलो लेगमा २-३-ले हारको सम्मुखीन भए पनि दोस्रो लेगमा असाधारण जीतको साथ समग्रमा ६-४-ले विजयी भएर पीएसजी सेमिफाइनलमा पुग्यो। आफ्नो होम ग्राउण्डमा ३२ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोना २९औं मिनटमा दशजना खेलाड़ीमा सीमित भयो। गोली लिएर तेजीको साथ दगुरिरहेका पीएसजी-का विंगर ब्राडली बारकोला विरुद्ध घातक फाउलको निम्ति बार्सिलोनाका डिफेण्डर रोनाल्ड अराउजोलाई २९औं मिनटमा रेड कार्ड देखाइएपछि पीएसजी-ले होम टीममाथि दबाउ सृष्टि गर्ने मौका पायो। त्यसपछि फ्रान्सीसी क्लबले दोस्रो हाफमा होम टीमको डिफेन्सलाई भताभुंगै पाऱ्यो। पीएसजी-बाट कीलियन एम्बाप्पेले ६१औं र ८९औं मिनटमा २ गोल गरे। यसबाहेक औस्माने डेम्बेलेले ४०औं र वितिन्हाले ५४औं मिनटमा गोल गरे। यसरी बार्सिलोनाबाट राफिन्हाले १२औं मिनटमा गोल गरे। पीएसजी-ले अब सेमिफाइनलमा जर्मनीको क्लब बोरुसिया डर्टमण्डको चुनौती स्वीकार्नेछ।

बोरुसिया डर्टमण्डले पनि असाधारण पुनरागमन गर्दै दोस्रो लेगको म्याचमा एट्लेटिको म्याड्रिडलाई ४-२-ले पराजित गऱ्यो। यसअघि एट्लेटिकोको होम ग्राउण्डमा भएको पहिलो लेगमा २-१-ले पराजित भए पनि मंगलवार राति लड़ाकू प्रदर्शन गर्दै जर्मन क्लबले समग्रमा ५-४-ले जीतको साथ ११ सालको लामो प्रतीक्षापछि पहिलोपल्ट सेमिफाइनलमा स्थान बनायो। आफ्नो शक्तिशाली डिफएन्सले गर्दा चिनिने स्पेनिश क्लब र आक्रामक फूटबल खेल्नमा विश्वास राख्ने डर्टमण्डबीच दोस्रो लेगको म्याच चरम रोमाञ्चक रह्यो। म्याचमा एक समय त स्कोर ४-४-को बराबरी (दुई लेग मिलाएर)-मा रहेको थियो तर मार्सेल साबित्जेरले ७४औं मिनटमा दिलाएको गोलले डर्टमण्डलाई सेमिफाइनलमा पुऱ्यायो। होम ग्राउण्डमा ५२ प्रतिशत पोजेशनको साथ खेल्ने जर्मन क्लबबाट अन्य तीनवटा गोल जूलियन ब्राण्ड्ट (३४औं), इआन मात्सेन (३९औं) र निकलास फूलक्रूग (७१औं मिनट)-ले दर्ता गरे। यसरी माट्स हुमेल्सले ४९औं मिनटमा आत्मघाती गोल गर्दा म्याचमा खाता खोल्ने एट्लेटिकोबाट दोस्रो गोल एञ्जेल कोरेआले ६४औं मिनटमा गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *