आईपीएलमा जोश बटलरको सातौं शतकले रोयल्सको रोमाञ्चक जीत

IMG-20240417-WA0125.jpg

काेलकत्ता: राजस्थान रोयल्सका ओपनिंग ब्याटर जोस बटलरले ईडन गार्डन्समा सीजनको दोस्रो शतक बनाएर कलकत्ता नाइट राइडर्स विरुद्ध आफ्नो टीमलाई २ विकेटले रोमाञ्चक जीत दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। आईपीएलमा यो बटलरको सातौं शतक हो। आईपीएलको इतिहासमा सर्वाधिक शतक बनाउनेहरूका सूचीमा अहिले उनी केवल विराट कोहलीभन्दा पछि रहेका छन्। बटलरले यसअघि बेंगलुरुमा पनि शतक बनाएर आफ्नो टीमलाई जीत दिलाएका थिए। त्यस म्याचमा कोहलीले रोयल च्यालेञ्जर्स बेंगलुरुको तर्फबाट ११३ रन बनाएका थिए तर बटलरले पछिबाट अविजित १०० रन बनाएर आफ्नो टीमलाई जीत दिलाएका थिए। मंगलवार राति पनि उनले त्यही गरेर देखाए। चाखलाग्दो कुरा के छ भने बटलरले शतक बनाएको प्रत्येक म्याचमा उनको टीमले जीत हासिल गरेको छ। यसअघि यो रेकर्ड क्रिस गेल (६)-को नाममा रहेको थियो। आईपीएलमा सर्वाधिक ८ वटा शतकको रेकर्ड कोहलीको नाममा रहेको छ। त्यसपछि बटलर ७ वटा शतकको साथ दोस्रो अनि गेल ६ वटा शतकको साथ तेस्रो स्थानमा छन्। यसरी शेन वाट्सन, केएल राहुल र डेविड वार्नरले ४-४ वटा शतक बनाएका छन्।
म्याच जिताउने शतकले गर्दा प्लेयर अव् द म्याच बन्ने बटलरले भने, आफूमाथि विश्वास राख्ने मन्त्रले नै आज सफलता हासिल भयो। म फर्मको निम्ति सामान्य संघर्ष गरिरहेको थिए। यस्तो हुँदा कहिले-काहीँ निराशा अनुभव हुन्छ। यस्तो समयमा म शान्त रहने अनि खेल्न जारी राख्ने प्रयास गर्छु कारण यस्तो गरेर नै फर्ममा फर्किन सकिन्छ। पूरा आईपीएलमा तपाईंले धेरै अनौठो कुराहरू देख्नु भएको छ। मानिसकहरू धोनी र कोहलीलाई मन पराउँछन् कारण उनीहरू आफ्नो क्षमतामाथि विश्वास गरी अन्तसम्म खेल्छन्। मैले आज त्यही गरे। यस्तो ईनिंग्सलाई लिएर मैले संगकारासँग धेरैपल्ट कुरा गरिसकेको छु। हरेक म्याचमा एउटा ब्रेकिंग पोइण्ट हुन्छ। उनले (संगकारा) मलाई मैदानमा रहनु भने कारण कुनै पनि क्षण म्याचको रंग बद्लिन सक्ने उनलाई थाहा थियो।

म्याचको कुरा गर्दा आयोजक केकेआर-ले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर २२३ रन बनायो। त्यसपछि रोयल्सले ओपनर बटलरको अविजित शतकको सहायताले म्याचको अन्तिम बलमा ८ विकेट गुमाएर २२४ रनको लक्ष्यलाई हासिल गऱ्यो। यस जीतपछि रोयल्स ७ वटा म्याचमा ६ वटा जीतको साथ १२ पोइण्ट्स लिएर आईपीएल पोइण्ट्स टेबलको शीर्षमा कायम रह्यो। यसरी केकेआर ६ वटा म्याचमा ४ वटा जीतको साथ ८ पोइण्ट्स लिएर नेट रन रेटको आधारमा दोस्रो स्थानमा कायम रह्यो। तेस्रो र चौथो स्थानमा रहने चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादसँग पनि ६-६ वटा म्याचमा ८-८ पोइण्ट्स नै रहेको छ। केकेआर-को ईनिंग्समा ओपनर सुनिल नारिनको शतक मुख्य आकर्षण रह्यो, जसले १३ वटा चौका र ६ वटा छक्काको साथ ५६ बलमा १०९ रन बनाए। यसबाहेक अंगकृष रघुवंशीले ३० र रिंकू सिंहले अविजित २० रन बनाए। रोयल्सका बलरहरूमा आवेश खान र कुलदीप सेनले २-२ विकेट लिए। जवाफमा रोयल्सले बीचका ओभरहरूमा संघर्ष गर्नु परे पनि अन्तमा बटलरको शतकले म्याच जित्यो। बटलरले ६० बल खेलेर ९ वटा चौका र ६ वटा छक्काको साथ अविजित १०७ रन बनाए। यसबाहेक रियान परागले १४ बलमा ३४ रन (४ वटा चौका र २ वटा छक्का) बनाए। रोवम्यान पावेलले २६ रनको योगदान दिए। यशस्वी जयसवालको खराब फर्म जारी रह्यो अनि केवल १९ रन बनाएर आउट भए। केकेआर-का बलरहरूमा हर्षित राणा, सुनिल नारिन र वरुण चक्रवर्तीले २-२ विकेट लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *