छक्काको मामिलामा क्लासेन र चौकाको मामिलामा कोहली अघि

IMG-20240416-WA0231.jpg

बेंगलुरु: आईपीएल २०२४-मा सर्वाधिक छक्का लगाउने खेलाड़ीहरूका सूचीमा सनराइजर्स हैदराबादका हेनरिक क्लासेन शीर्ष स्थानमा छन् । दक्षिण अफ्रिकाका यस खेलाड़ीले अहिलेसम्म २४ वटा छक्का लगाइसकेका छन्। यसरी सर्वाधिक चौका लगाउनेहरूका सूचीमा चाहिँ रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-का विराट कोहली ३५ वटा चौकाको साथ शीर्षमा छन्। आईपीएल २०२४-को पहिलो ३० वटा म्याचपछि क्लासेनले ६ वटा म्याचमा सर्वाधिक २४ वटा छक्का लगाइसकेका छन्। लखनऊ सुपर जाइण्ट्सका निकोलस पूरन १९ वटा छक्काको साथ दोस्रो स्थानमा छन् । यसरी सनराइजर्सका अभिषेक शर्मा, आरसीबी-का दिनेश कार्तिक र राजस्थान रोयल्सका रियान परागले १८-१८ वटा छक्का लगाइसकेका छन्। यसरी सर्वाधिक चौकाको मामिलामा मुम्बई इण्डियन्सका रोहित शर्मा र सनराइजर्सका ट्रेविस हेड २८-२८ वटा चौकाको साथ दोस्रो स्थानमा छन्। यसरी चेन्नई सुपर किंग्सका रुतुराज गायकवाड़ र राजस्थान रोयल्सका सञ्जु सेमसनले २५-२५ वटा चौका लगाएका छन्। आईपीएलको जारी सीजनमा ब्याटरहरूका जयजयकार रहेको छ अनि अहिलेसम्म दर्शकहरूले चौका र छक्काको वर्षा देख्न पाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *