आईपीएलमा आरसीबी-को प्रत्येक म्याच सेमिफाइनल जस्तो हुने बताए फ्लावरले

IMG-20240416-WA0217.jpg

बेंगलुरु: आईपीएल २०२४-मा सातवटा म्याच खेलेर छैटौंपल्ट पराजित भएपछि रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-का मुख्य प्रशिक्षक एण्डी फ्लावरले अब रहल प्रत्येक म्याच टीमको निम्ति सेमिफाइनल जस्तो हुने बताए। आरसीबी-ले सोमवार सनराइजर्स हैदराबाद विरुद्ध २५ रनले हारको सामना गर्नु पऱ्यो। फ्लावरले भने, अब हाम्रो निम्ति अब प्रत्येक म्याच सेमिफाइनल जस्तो हुनेछ। चुनौती कठिन भए पनि हामीले सकारात्मक सोच राख्नु पर्नेछ। सनराइजर्स हैदराबादले आरसीबी-को दिशाहीन बलिंग विरुद्ध ३ विकेटमा २८७ रन बनाएर आईपीएलको रेकर्ड तोड़ेको थियो। फ्लावरले भने, मैदानमा हाम्रो निम्ति त्यो निश्चित रूपले मुश्किल रात थियो कारण उनीहरूले विध्वंशी ब्याटिंग गरे। पीच ब्याटिंग अनुकूल थियो। आरसीबी-बाट म्याचमा दिनेश कार्तिकले ३५ बलमा ८३ रन र कप्तान फाफ डू प्लेसिसले २८ बलमा ६२ रन बनाए। फ्लावरले भने, हामीले क्रीजमा जस्तो लड़ाईं गऱ्यौं अनि त्यसमा मलाई गर्व छ। म्याच हारे पनि हामीले नीडर भएर ब्याटिंग गऱ्यौं। यसको साथमा फ्लावरले टीमका विकेटकीपर ब्याटर कार्तिकको पनि प्रशंसा गरे, जसले सनराइजर्सको बलिंग आक्रमण विरुद्ध अन्तसम्म लड़ाइँ गरे। उनले भने, कार्तिकले आफ्नो ब्याटिंगद्वारा टी२० विश्व कपको निम्ति भारतीय टीममा स्थान बनाउने दावेदारी पेश गरिरहेका छन्। उनको ब्याटिंग हेर्न लायकको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *