हर घर तिरङ्गा अभियान सफल तुल्याउन सभा सम्पन्न

IMG-20220805-WA0199.jpg

गान्तोक: राज्यको शहरी विकास एवम आवास विभागको एक सभा आज विभागका सचिव एमटी शेर्पाको अध्यक्षतामा सम्पन्न भयो।देउरालीस्थित गान्तोक नगर निगमको कार्यालयमा बसेको सभामा ट्राभल्स एसोसिएशन अफ् सिक्किम (टास), लाल बजार ट्रेडर्स एसोसिएशन, आशा, सिक्किम होटल एण्ट रेस्टुरेन्ट एसोसिएशन लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। यस अवसरमा विशेष गरेर आजादीका अमृत महोत्सव अन्तर्गत शुरू गरिएको हर घर तिरङ्गा अभियानबारे सचेत गराउनु रहेको थियो। यस योजना अन्तर्गत राज्यको विभिन्न शहरहरूमा राष्ट्रीय झण्डा लगाएर सुन्दरीकरण गराउनु रहेको थियो। राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले गत ३ अगस्तको दिन राजधानीस्थित मनन केन्द्रमा आयोजित एक कार्यक्रमबीच आफ्नो सम्बोधनमा सबैको घरमा १-१५ अगस्तसम्म राष्ट्रीय झण्डा लगाउनु पर्ने घोषणा गरेका थिए। मुख्यमन्त्रीको उक्त घोषणालाई कार्यन्वयन गर्न सबैले सहयोग पुऱ्याउनु पर्ने विषयमा छलफल गरियो। सभामा सबैले प्रतिनिधिहरूले यस अभियानलाई सफल तुल्याउनको निम्ति सहयोग पुऱ्याउने प्रतिवद्धता व्यक्त गरे। यस अवसरमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले अहिलेसम्म गरेको गतिविधिबारे प्रकाश पारे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *