मानेबुङ-देन्ताममा १२ परिवार एसकेएममा सामेल

IMG-20240416-WA0214.jpg

गान्तोक: भाजपा सिधै दिल्लीको इशारामा चल्ने पार्टी भएको आरोप लगाउँदै आज मानेबुङ देन्ताम समष्टिका लोअर माङ्मु, सिङ्सोर र फलेक-गीताङबाट कुल १२ परिवार एसकेएम पार्टीमा सामेल भएका छन्। यदि सिक्किममा भाजपाको सरकार आयो भने भाजपाले एक देश, एक विधान, एक संविधान, एक धर्म, एक भाषाको नीति लागू गरेर सिक्किमबाट ३७१एफ खारेज गर्ने योजना बनाएको आरोप छ। यदि यस्तो भएको खण्डमा सिक्किमका जग्गा-जमिन सबै भारतीयले खरिद गर्नु पाउने आरोप लगाउँदै त्यसपछि सिक्किमेहरू आफ्नै माटोमा शरणार्थी हुने उल्लेख एसकेएम पार्टीले आज जारी एक प्रेस बयानमा गरेको छ। आफू सिक्किम आमाको सुरक्षाको निम्ति एसकेएम पार्टीमा सामेल भएको उनीहरूले बताए। एसकेएम पार्टीमा सामेल हुनेहरूमा अमित प्रधान, सूर्य बराइली, इन्द्रभद्र सुब्बा, सुकराज सुब्बा, नरबिन्द्र राई, अमित सुब्बा, गणेश गुरुङ, धन बराइली, राम बराइली, टेण्डुप लेप्चा, अनुप राई र इशाक राई रहेका छन्।

About Author

Advertisement