भारतले दियाे २० हजार मेट्रिक टन प्याज निर्यात गर्ने अनुमति

Screenshot_20240416_220847_Google.jpg

नयाँ दिल्ली:: केन्द्र सरकारले श्रीलंका र संयुक्त अरब अमीरातलाई २० हजार मेट्रिक टन प्याज निर्यात गर्ने अनुमति दिएको छ।सरकारको उक्त फसेला अन्तर्गत यी दुई देशलाई १०-१० हजार मेट्रिक टन प्याज निर्यात गरिनेछ।विदेश व्यापार महानिदेशालय (डीजीएफटी) – ले गए १५ अप्रेलमा जारी एक अधिसूचनामा संयुक्त अरब अमीरातलाई अतिरिक्त १० हजार मेट्रिक टन (एमटी) प्याज निर्यात गर्ने अनुमति दिएको छ। यसको साथै नेशनल कोअपरेटिभ एक्सपोर्ट्स लिमिटेड (एनसीईएल) – को माध्यमबाट श्रीलंकालाई पनि १० हजार मेट्रिक टन प्याज निर्यात गर्ने अनुमति प्रदान गरिएको छ। यूएईलाई प्याज निर्यात यो अनुमति पहिला दिइएको २४४००मेट्रिक टनभन्दा अधिक छ।उल्लेखनीय छ, भारत सरकारले प्याजको निर्यातमाथि रोक लगाएपछि बंगलादेशलाई ५० हजार मेट्रिक टन, संयुक्त अरब अमीरातलाई ३४४०० मेट्रिक टन, श्रीलंकालाई १० हजार मेट्रिक टन, बहरीनलाई ३ हजार मेट्रिक टन, मरिशसलाई १२०० मेट्रिक टन तथा भुटानलाई ५५० मेट्रिक टन प्याज निर्यात गर्ने अनुमति दिसकेको छ।वास्तवमा केन्द्र सरकारले घरेलू महँगीलाई नियन्त्रण गर्नको लागि गत ७ दिसम्बर, २०२३-को अबेर राती प्याजको निर्यातमाथि प्रतिबन्ध लगाइदिएको थियो जसलाई २३ मार्चको दिन अनिश्चितकालको लागि बढ़ाइदिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *