धुबड़ी(असम): धुबड़ीको गौरीपुरमा भएको भीषण सड़क दुर्घटनामा परी चारजना मानिसहरूको मृत्यु भयो। दुर्घटनामा ज्यान गुमाउनेहरूमा साहिल अहमद, शाहिद अहमद, नूर अमीन र एकजना महिला सामेल छन् ।यिनीहरूमध्ये साहिल, शाहिद र नूर अमीनको घर धुबड़ीको बिद्यापारा क्षेत्रमा अवस्थित छ। यो समाचार लेखुञ्जेलसम्म महिलाको पहिचान हुन सकेको थिएन। चारैजनाको लाशलाई पोस्टमर्टम गर्नको लागि धुबड़ी मेडिकल कलेजमा पठाइएको छ।