गोरुबथान- शारीरिक सुस्वास्थ्य हेतु खेलहरू खेल्न जरुरी छ। यस्तैमा यसपल्ट कालेबुङ जिल्ला पुलिसको आयोजनामा कालेबुङका सबै ग्राम पञ्चायतहरूलाई लिएर भलिबल प्रतियोगिताको श्री गणेश भएको छ। यसरी भलिबल प्रतियोगिता खेलाउनुको मुल उद्देश्य पुलिस तथा सर्व साधारण अनि विद्यालयहरू बिचको सम्बन्धलाई अझ प्रगढ तथा सौहार्दपूर्ण बनाउने उदेश्य रहेको जनाएका छन्।
यसरी शुरु गरिएको भलिबल प्रतियोगिताको सुरूवाती खेलमा गितडाब्लिङ उच्चतर माध्यमिक विद्यालयले विजय हासिल गरेको छ। कालेबुङ होम्समा गितडाब्लिङ उच्चतर माध्यमिक विद्यालयका खेलाडीहरू टासिडिङ बोईजका खेलाडीहरूमाझ भलिबल खेलको भीडन्त भएको थियो। गितडाब्लिङ उमाविले टासिडिङ बोईजलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कालेबुङ जिल्ला भलिबल एसोसिएसनको सहयोगमा जारी यस प्रतियोगिताको फाइनल खेल आगामी 22 मईका दिन सम्पन्न गराइने जानकारी पनि प्राप्त भएको छ।