ईभीएम, भीभीपीएट र पोलिङ सामग्रीलाई लिएर पाकिम जिल्लामा  प्रशिक्षण कार्यक्रम आयाेजित

IMG-20240416-WA0212.jpg

पाकिम: ईभीएम, भीभीपीएट र पोलिङ सामग्रीलाई लिएर पाकिम जिल्लामा एक प्रशिक्षण कार्यक्रम डिकलिङ वरिष्ठ माध्यमिक विद्यलयामा आयोजना गरियो। यस अवसरमा विशेष गरेर पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले वितरण र संकलनको प्रक्रियाबारे जानकारी गराए।

उनले रिटर्निङ अफिसरको निम्ति फारम १७ सी-को महत्वबारे जोड दिँदै जिल्ला भित्रका विभिन्न मतदान केन्द्रहरूमा ईभीएम र भीभीपीएटी आगामी १८ अप्रेलको दिन पठाउने जानकारी गराए।

यसै क्रममा चुनाउ प्रकोष्ठकी संयुक्त सचिव मेरिना राईले वितरण तथा संकलन टोलीको जिम्मेवारीबारे विस्तृत जानकारी गराइन्। उनले विधानसभा क्षेत्र र संघ क्षेत्रका लागि वितरण प्रक्रियामा शुद्धता र सतर्कताको महत्त्वबारे जोड दिएकी छन्। यसका साथै उनले मतदाता सहजीकरण केन्द्रको पोस्टर लगायतका सामग्री मतदान टोलीलाई हस्तान्तरण गर्न निर्देशन दिइन्।

यस सत्रमा ईभीएम र भीभीपीएट लगायतका सबै मतदान सामग्रीहरू पाकिम जिल्लामा समयमै र सुरक्षित रूपमा वितरण गर्ने सुनिश्चित गर्नको लागि तयारी समावेश गरिएको बताइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *