पोस्टल व्यालेट बक्सलाई कडा सुरक्षाबीच रम्फू पठाइयो

n6007939181713277503515436bdbbe69e25dbdbb07fb48b3732e1cb3127af79462ba574b155ec79b1608a0.jpg

गान्तोक: आगामी १९ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति गत ५ अप्रेलदेखि १५ अप्रेलसम्म घरबाट गरिएको मतदान पोस्टल ब्यालेट आज राज्यको विभिन्न जिल्लाको स्ट्रङ रूममा पठाइयो। विशेष गरेर चुनाउको निम्ति खटिएका सरकारी कर्मचारी, वरिष्ठ नागरिक र शारीरिकरूपमा असक्षम व्यक्तिहरूले घरबाट नै पोस्टल ब्यालेको माध्यमद्वारा मतदान गरेका थिए।

यसै क्रममा मंगन जिल्लाबाट पोस्टल ब्यालेट आज कडा सुरक्षा व्यवस्थाबीच स्ट्रङरूममा पठाइएको छ। मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्री साथै अन्य राजनीतिक पार्टीहरूको निगरानीमा पोस्टल ब्यालेट बक्स स्ट्रङरूममा पठाइएको हो।

यस पोस्टल ब्यालेट बक्समा ३२ वटा निर्वाचन क्षेत्र लगायत लोकसभा सांसदको निम्ति पनि मतदान गरिएको छ। आज मंगनदेखि रम्फू पठाइएको छ भने यसको नेतृत्व एआरओ टाशी वाङग्याल भोटिया लगायत अन्य अधिकारीहरूले गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement