मंगनमा अन्तिम चरणको बैठक

IMG-20240416-WA0209.jpg

मंगन: मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीले आगामी १९ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउलाई लिएर अन्तिम चरणको बैठक जिल्ला प्रशासनिक केन्द्रमा आयोजना गरे। यस बैठकमा मंगन जिल्लाका पुलिस अधीक्षक सोनम देट्छु भोटिया, एओ, एआरओ, नोडल अधिकारी लगायत सेक्टर मेजिस्ट्रेटहरू उपस्थित थिए।

बैठकमा विशेष गरेर चुनाउको दिन आवश्य़क सामग्री र जनशक्ति वितरणका विषयमा छलफल र विश्लेषण गरियो। जिल्लापालले सेक्टर म्याजिस्ट्रेटहरूलाई पठाइने र सिल गर्नु अघि आवण्टित सामग्रीहरू राम्ररी जाँच गर्न आग्रह गर्दै र हेल्पलाइन डेस्कलाई राम्रोसँग मर्मत गर्न निर्देशन दिए।भीभीपीएटी र ब्यालेट युनिटहरू क्षतिको लागि बढी संवेदनशील भएकाले थप अतिरिक्त मेसीनहरू पठाउनुपर्ने सुझाउ दिइयो। उनले चुनाउको तयारीका लागि सम्बन्धित अधिकारीहरूले कुनै पनि जिज्ञासा र आशंका हटाउनुपर्ने आग्रह गरे। बैठकमा निर्वाचन क्षेत्रगत निर्वाचनको समयमा टोली पठाउने क्रम पनि सूचीकृत गरिएको थियो।

सोही प्रकारले पुलिस अधिक्षकले सम्पर्कविहीन क्षेत्रका लागि सञ्चार योजनालाई सम्बोधन गर्दै वाकी-टकी सेट र स्ट्याटिक सेट आवश्यकता अनुसारको व्यवस्था गरेको बताए। उनले एफएसटीलाई सधैं सतर्क रहन र सेक्टर म्याजिस्ट्रेटहरूलाई मतदान पछि तुरुन्तै मशिनहरू लिएर फर्कन आग्रह गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *