हार्दिक पाण्ड्याको खुलेर आलोचना गरे पठानले

IMG-20240416-WA0205.jpg

नयाँ दिल्ली: भारतीय क्रिकेट टीमका पूर्व अलराउण्डर इरफान पठानले हार्दिक पाण्ड्याको कप्तानीमा प्रश्न उठाएका छन्। उनले आईपीएल २०२४-मा मुम्बई इण्डियन्सको प्रत्येक हारको निम्ति हार्दिकको कप्तानीलाई जिम्मेवार बताएका छन्। पठानले भने, उनी (हार्दिक) म्याचको परिस्थितिहरू अनुसार ढल्दैनन् अनि म्याचको अवधि उचित योजना पनि बनाउँदैनन्। यसैकारण आईपीएलमा मुम्बई इण्डियन्सले परिणाम भोग्नु पर्दैछ। उल्लेखनीय छ, आईपीएलमा ५ पल्ट ट्रफी जितिसकेको भए पनि मुम्बई इण्डियन्सले यस साल असल प्रदर्शन गरेको छैन। यस सीजनमा रोहित शर्माको स्थानमा टीमको कप्तानी गरिरहेका हार्दिकले लगातार हारले गर्दा खेलप्रेमीहरू र पूर्व खेलाड़ीहरूबाट आलोचनाको सामना गर्नु परिरहेको छ। पठानले भने, हार्दिकले असल तरिकाले मुम्बई इण्डियन्सको कप्तानी गर्नु पर्नेछ। मुम्बई इण्डियन्सको टीम हार्दा प्रत्येकपल्ट उनको महत्त्वपूर्ण भूमिका रहेको छ। आइतवार चेन्नई सुपर किंग्स विरुद्ध पनि आकाश मधवालले अन्तिम ओभर गर्नु पर्ने थियो। तपाईंले उनलाई जिम्मेवारी दिनु पर्थ्यो। यसरी रचिन रविन्द्रलाई आउट गरेपछि श्रेयस गोपाललाई बसाइयो जबकि उनले अझ एक ओभर बलिंग गर्नु पर्ने थियो। उनले केवल एक ओभर बलिंग गरे। यसअघि आईपीएलको गत दुई सीजनमा गुजरात टाइटन्समा रहँदा प्रशिक्षक आशिष नेहराको मार्गदर्शनमा हार्दिकले असल प्रदर्शन गरेका थिए अनि उनको कप्तानीमा टीमले दुवैपल्ट फाइनलमा स्थान बनाएको थियो अनि २०२२-मा त च्याम्पियन पनि भएको थियो। त्यसो भए के नेहराको कोचिंगले हार्दिकको कप्तानीमा असर गरेको थियो भन्न प्रश्नको जवाफमा पठानले भने, त्यसको असर अवश्यै थियो कारण अहिले शुभमन गिलले पनि असल कप्तानी गरिरहेका छन्। गिलले तेजीको साथ सिकिरहेका छन् तर यसको अर्थ मुम्बई इण्डियन्सका सहयोगी स्टाफहरूले हार्दिकलाई सहयोग नगरेको पनि होइन। यो सब हार्दिकमाथि निर्भर छ। प्रत्येक म्याचमा एकजना कप्तानसँग प्लान बी रहनु पर्छ। उनले परिस्थितिलाई बुझ्नु पर्छ। उनी नयाँ खेलाड़ी होइनन् अनि सालौंदेखि खेलिरहेका छन्। उनले आफ्नो अनुभवलाई प्रयोग गर्नु पर्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *