अब ‘एक्स’मा लाइक र पोस्ट गर्दा शुल्क तिर्नुपर्ने?

00-1-Twitter-turned-X

नयाँ दिल्ली: नक्कली खाताहरूको बढ्दो संख्यालाई नियन्त्रण गर्न सोशल मिडिया प्लेटफर्म ‘एक्स’ अब नयाँ प्रयोगकर्ताहरूको लागि अपडेट गरिएको छ। यदि कुनै पोस्ट साझा गरे वा कुनै पोस्टलाई ‘लाइक’ को विकल्प प्रयोग गरे, कुनै पनि पोस्टलाई बुकमार्क गरे र जवाफ दिए नाममात्र शुल्क तिर्नुपर्नेछ। कम्पनीका अनुसार प्रयोगकर्ताहरूले अझै पनि यो प्लेटफर्मलाई नि:शुल्क प्रयोग गर्न र यसमा अन्य कुनै पनि खातालाई ‘फलो’ गर्न सक्नेछन्। सोमबार प्लेटफर्मको वेबसाइटमा ‘अपग्रेड’ गरेपछि नयाँ खाताहरूले पोस्ट, लाइक, बुकमार्क र रिप्लाई गर्नुअघि थोरै वार्षिक शुल्क तिर्नुपर्ने जानकारी दिइएको थियो। कम्पनीले भन्यो, ‘यसको उद्देश्य नचाहिने इमेलहरू (स्प्याम) कम गर्नु र सबैलाई राम्रो अनुभव प्रदान गर्नु होl’ यद्यपि, नयाँ मापदण्डहरू चयन गरिएका स्थानहरूमा लागू हुनेछन् वा विश्वव्यापी रूपमा अहिले यो जानकारी स्पष्ट छैन।’ ‘एक्स’ मालिक तथा उद्योगपति एलोन मस्कले प्लेटफर्ममा लेखेका छन्, ‘दुर्भाग्यवश, नयाँ प्रयोगकर्ताहरूले केही लेख्नको लागि थोरै शुल्क तिर्नुपर्नेछ, यो फेक अकाउन्ट रोक्ने एकमात्र उपाय हो।’ कतिपयले इन्टरनेट र एआईको दुरुपयोग घटाउने कदमको स्वागत गरेका छन् भने कतिपयले यसलाई अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको बताएका छन्।    

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *