सोनादा: दार्जीलिङ संसदीय सिटको लागि भारतीय जनता पार्टीको प्रार्थी राजु विष्टको पक्षमा गोरामुमो अध्यक्ष मन घिसिङले विभिन्न स्थानहरूमा चुनाव प्रचार गरिरहेका छन्। यसै क्रममा उनले आज सोनादामा र्यालीको साथमा राजु विष्टलाई भारी मतले जिताउन जनसम्पर्क अभियान गरेका छन्। सोनादाको पेट्रोल पम्पदेखि सोनादा बजार परिक्रमा गरी अप्पर सोनादा डाँडा, डीबी रोड, स्वरस्वती डाँडा, गोराबारी, मार्ग्रेटहोप, रिङटङ, अनि बालासनमा अध्यक्ष मन घिसिङलाई जनताद्वारा स्वागत जनाएको छ। आजको जनसम्पर्क अभियान विषय लिएर खरसाङ ब्राञ्च कमिटीको प्रचार प्रसार सचिव भुपेन्द्र गुरुङले जानकारी दिन्दै भने, अध्यक्ष मन घिसिङको जनसम्पर्क अभियानले सोनादावासीमा धेरै उत्साह आएको छ। जनताले उनलाई स्वागत जनाएको छ। विपक्षले नानाथरीको कुरा गर्दै हिड्छ। जीटीएमा सबै भूमी पुत्र छ खोइ त विकास? भ्रष्टाचार भाईभतिजावाद मात्र गरेको छ। क्षेत्रीयताको कुरा गर्छ। के टीएमसी क्षेत्रीय दल हो त? गोपाल लामालाई टीएमसीलाई उम्मेदवार बनाएर पहाडमा टीएमसीको नाममा भोट माग्नु सकेको छैन। हिम्मत छ भने टीएमसीको झण्डा बोकेर भोट माग्ने भूपेन गुरुङले चुनौती समेत दिए। प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाहरुको मुद्दालाई संवेदनशील बताएर। अब गोर्खाहरुको समस्या समाधानको नजिक रहेको जनाएपछि संकल्प पत्रको जरुरत छैन। पहाडको भूमि पुत्रहरुले सबै सक्यो हामीलाई लथालिङ्ग बनायो। राजु विष्ट भनेको कर्मपुत्र हो उसले कार्य गरेको छ गोर्खाहरुको निम्ति। अब मुद्दा पार लगाउन र हाम्रो खोसिएको हक र अधिकार दिलाउन हाम्रो शिक्षित युवा युवतीहरुलाई न्याय दिलाउन भारी मतले जिताउनु पर्छ।

पहाडमा कहिले पनि सीबीआइ आएको थिएन। तर जीटीए चलाउनेहरुले प्रत्येक क्षेत्रमा भ्रष्टाचारको सिमा नाघेको छ। यसकारण अब सीबीआइ आउनु पर्छ। गोर्खाहरुले अब संवैधानिक सुरक्षा भएको तपाईं हामी हर्सोउल्लासको साथ बाँच्न सक्ने ब्यवस्था पाउने शुभ संकेत पाएका छौं। बंगाल सरकारले कहिले पनि गोर्खाहरुको भलो चहान्दैन। हामीलाई दिन्छ त केवल केन्द्र सरकारले दिन्छ। यसपाली पनि केन्द्रमा बिजेपी सरकार आउने निश्चित भएको छ भनी भुपेन्द्र गुरुङले बताएका छन्।









