भद्रपुर-इलाम-सलकपुर सडक कालोपत्र

IMG-20240416-WA0009

झापा  (नेपाल): झापा जिल्लाअन्तर्गत भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक ब्लैकटोप भइरहेको छ। सडकखण्डअन्तर्गत पाँच किलोमिटर कालोपत्र भइसकेको छ। झापा जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर कुलानन्द चौधरीका अनुसार हालसम्म सडकको भौतिक प्रगति ४० प्रतिशत भएको छ। प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको मूल्य  अभिवृद्धि कर (भ्याट) सहित २६ करोड ६९ लाख ३३ हजार ८२८ मा निर्माण कम्पनी कनकाई मोती जेभीले ठेक्का सकारेको हो। इन्जिनियर चौधरीले भद्रपुर–फडानी पुलबाट इँटाभट्टासम्मको १० किलोमिटर सडक निर्माणमा कुनै समस्या नभएको बताए। दुई महिनाभित्रमा सडक निर्माण पूरा हुनेमा विश्वस्त रहेको उनले बताए। इँटाभट्टा बजारबाट उत्तरतर्फको १० किलोमिटर खण्डमा स्थानीयको अवरोधका कारण ढिलो भएको उनको टिप्पणी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement