खरसाङ: भाजपा पहाड़को लागि घातक हो, भाजपाले केवल झूट मात्र बोल्छ, भाजपाले केवल नोक्सान मात्र गर्छ भनी लोकसभा चुनावमा दार्जीलिङ संसदीय सिटको लागि कांग्रेस पार्टीको प्रार्थी डा. मुनिष तामाङले आज खरसाङमा बताएका छन्। उनले खरसाङमा भएको चुनावी रैलीपछि सम्पन्न चुनावी पथ सभालाई सम्बोधन गर्दै भाजपाले हामीलाई केही दिएन भन्दै भाजपाले हामीलाई केवल जुमला दियो। सीएए दियो, अग्नीवीर दियो, खरसाङको रेलवे प्रेस हटायो भनी बताएका छन्। उनले भाजपा आरएसएसको एजेण्डामा मात्र हिँड्छ। तर हामी आरएसएसको एजेण्डामा पर्दैनौं। आरएसएसको लक्ष्य एकतन्त्र भारत बनाउने हो भनी आरोप लगाएका छन्। कंग्रेस प्रार्थी डा. मुनिष तामाङले आफ्नो सम्बोधनमा भने, भाजपा र तृणमूलको कुरा केवल नारा मात्र छ। केवल जुमलाको कुरा छ। केवल झूटो आश्वासनको कुरा छ विगत १५ सालमा भाजपाले केही गरेन। भाजपाको वाचाहरू केवल झूटो र जुमला मात्र छ।’ डा. तामाङले तृणमूल कांग्रेसमाथि पनि आरोप लगाउँदै भने, तृणमूललाई समर्थन गर्ने स्थानीय पार्टीहरू पनि भ्रष्टाचारमा लिप्त छन्। यसबाट जनता बाहिर निस्कन चाहान्छ र आज हामी जनताको लागि विकल्पको रूपमा आएका छौं।’ उनले कंग्रेसको सरकार आएमा छैटौं अनुसूचीको बीललाई पुन: विचार गरेर त्यहाँबाट गोर्खा जातिको हितमा संवैधानिक समाधान निकाल्नेछौं भनी बताएका छन्। उनले भाजपाको स्थायी राजनैतिक समाधान जस्तो हुँदैन भन्दै भाजपाले गरेको प्रतिज्ञा केवल नारा हुन्छ, केवल झूटो आश्वासन मात्रै हुन्छ भनी आरोप लगाउँदै कंग्रेसको वाचा संवैधानिक रूपमा आधार मानेर अघि बढ्ने बताएका छन्। डा. मुनिष तामाङले अघि भने, ‘कंग्रेसको घोषणा पत्रमा स्वयत्ता शासनके उल्लेख गरिएको छ। कंग्रेस जनताको लागि काम गर्न वचनवध्द छन्। भाजपाले झूट बोल्दा बोल्दा थाकिसकेको छ अनि भाजपाको झूट सुन्दा सुन्दा जनता पनि थाकिसकेको छ। भाजपालाई गोर्खाक केही वास्ता छैन। जनजातिको लागि भाजपाले केवल जनजाति दिवस मात्रै पालन गर्ने सोचेको छ। तर कंग्रेस गोर्खाहरूलाई जनजाति दिन र स्वयत्ता दिनलाई कटिबध्द छन्। किनभने विगतमा पनि गोर्खाहरूका लागि गरेको भनेको केवल कंग्रेसले मात्रै हो।’









