सिलगढी: दार्जीलिङ लोकसभा सिटका लागि तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज रोड शो गरिन्। मुख्यमन्त्रीको यस रोड शोमा आज ठूलो भीड लागेको थियो। रोड मा हजारौंको संख्यामा मानिसहरुको सहभागिता रहेको थियोl मुख्यमन्त्री ममता ब्यानर्जीको रोड शो एयरभ्यु मोडबाट शुरु भएर बाघाजतिन पार्कमा समापन हुनेछ। मुख्यमन्त्री ममता ब्यानर्जीका साथमा उम्मेदवार गोपाल लामा, सिलगढीका मेयर गौतम देव, तृणमूल महिला कांग्रेस अध्यक्ष पापिया घोष र अन्य तृणमूल नेताहरू उपस्थित थिए।











