चुनाव बीच ३०५ ग्राम ब्राउन सुगरसहित एकजना पक्राउ

IMG-20240416-WA0141.jpg

सिलगढी: चुनाव बीच एकजना ब्राउन सुगरसहित पक्राउ परेका छ। खरीबारी पूलिसचौकी काे पानीटँकीको टोलीले  पानीटँकी नजिकैको उत्तररामधन इस्टेटमा एक शंकास्पद मोटरसाइकलको खोजी गर्दा त्यसबाट ब्राउन सुगर बरामद गरेको हो। पक्राउ परेका मोटरसाइकल चालकको खोजतलास गर्दा आरोपितबाट ३०५ ग्राम ब्राउन सुगर बरामद भयाे। त्यसपछि पूलिसले मोटरसाइकलसहित आरोपीलाई पक्राउ गरेकाे बताएकाे छ।
बरामद ब्राउन सुगर तस्करीका लागि नक्सलबारीबाट पानीटङ्कीमा ल्याएको पूलिसले  बताए। पक्राउ पर्नेकाे नाम हथिघिसा हुचाई मल्लिक इस्टेट बस्ने ३६ वर्षीय अभिजित विश्व कर्माकर हाे।

पूलिस स्रोतका अनुसार राति गोप्य स्रोतबाट सूचना पाएपछि पूलिसले घटनास्थलमा उक्त मोटरसाइकल रोकेर यो सफलता हात पारेको हो। आरोपीलाई आज सिलगढी सब डिभिजनल अदालतमा पेश गरिनेछ। पूलिसले सम्पूर्ण घटनाको अनुसन्धान शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement