छोरी सुहानाका लागि शाहरुखको दुई सय करोड लगानी

Shahrukh-Suhana

मुम्बई: अभिनेता शाहरुख खान यतिबेला सुजोय घोषको एक्सन फिल्म ‘किंग’को काम गरिरहेका छन्। फिल्मबाट उनकी छोरी सुहाना खान ठूलो पर्दामा ‘डेब्यू’ गर्ने तयारीमा छिन्। फिल्मलाई शाहरुखले आफ्नो व्यानर रेड चिलिज इन्टरटेनमेन्टमार्फत बनाउँदैछन्। हाल प्रि–प्रोडक्सन चरणमा रहेको फिल्ममा शाहरुखले दुई सय करोड लगानी गर्दैछन्। फिल्मका लागि शाहरुखको टिम एक वर्ष यता गृहकार्य गरिरहेको छ। छोरीको डेब्यू हुने भएपछि शाहरुखले फिल्मलाई ठूलो स्केलमा बनाउनका लागि कुनै कसर बाँकी राखेका छैनन्। फिल्मसँग जोडिएका निर्माता तथा निर्देशक सिद्धार्थ आनन्द केही अन्तर्राष्ट्रिय स्टन्ट निर्देशकलाई फिल्ममा जोड्न लागिपरेका छन्।

सिद्धार्थ र शाहरुख एकसाथ मिलेर फिल्मलाई ग्लोबल एक्सन थ्रिलर बनाउने तयारीमा छन्। त्यहीकारण उनीहरु अन्तर्राष्ट्रिय स्टन्ट विज्ञसँग फिल्मका लागि स्टन्ट डिजाइन गरिरहेका छन्। उनीहरु भीएफएक्सका माध्यमबाट फिल्मलाई रियल टच दिन चाहिरहेका छन्। फिल्म ‘किंग’को सुटिङ यसै वर्षको मेमा शुरु हुँदैछ। निर्माताहरु यसै वर्षको ६ महिना सुटिङ गरेर आगामी वर्षको ६ महिनामा यसलाई दर्शकमाझ ल्याउने योजनामा छन्। सुहानाले गत वर्ष नेटफ्लिक्समा रिलिज फिल्म ‘द आर्चिज’बाट ओटीटी डेब्यू गरेकी थिइन्। फिल्ममा उनले वेरोनिकाको भूमिका निभाएकी थिइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *