देश बचाऊ भाजपा हटाऊ नाराको साथमा कंग्रेस प्रार्थी डा. मुनिष तामाङको समर्थनमा खरसाङमा चुनावी रैली र पथ सभा सम्पन्न

IMG-20240416-WA0179.jpg

खरसाङ: लोकसभा चुनावमा दार्जीलिङ संसदीय सिटको लागि वाम मोर्चा र हाम्रो पार्टी समर्थित ईण्डिया गठबन्धनको प्रार्थी डा. मुनिष तामाङको समर्थनमा आज खरसाङमा चुनावी रैली र पथ सभा सम्पन्न भएको छ। खरसाङको टूरिस्ट लजदेखि सीपीआईएम। कंग्रेस र हाम्रो पार्टीको समर्थकहरूका साथमा शुरु भएको चुनावी रैली खरसाङको वर्ध्दमान रोड हुँदै खरसाङ बजार परिक्रमा गरेर मोटर स्ट्याण्डमा आएर चुनावी पथ सभामा परिणत भएको छ। ‘देश बचाऊ – भाजपा हटाई’ भन्ने नाराको साथमा शुरु भएको चुनावी रैलीमा कंग्रेस प्रार्थी डा. मुनिष तामाङ लगायत कंग्रेसको शीर्षस्थ नेताहरू, सीपीआईएमको नेतृत्व र हाम्रो पार्टीको नेतृत्वहरू उपस्थित रहेका थिए। केन्द्रको भाजपा सरकार र राज्यको तृणमूल कंग्रेसको सरकार दुवै पहाड़ीटका गोर्खाहरूको लागि ठीक नरहेको भन्दै ईण्डिया गठबन्धनद्वारा नारा लगाउँदै रैली आएर खरसाङको मोटर स्ट्याण्डमा चुनावी पथ सभामा परिणत भएको छ। उक्त चुनावी पथ सभालाई कंग्रेस दार्जिलिङ जिल्लाको कार्यकारी सभापति सरोज त्रिखत्रीले अध्यक्षता गरेका थिए भने सञ्चालन हाम्रो पार्टीको विवेक तामाङले गरेका थिए। उक्त चुनावी सभालाई मुख्य वक्ताको रूपमा सम्बोधन गर्दै कंग्रेस पार्टीको महासचिव एंव जम्मु कश्मीरको पूर्व मन्त्री गुलाम अहमद मिर, कंग्रेस प्रार्थी डा. मुनिष तामाङ, पूर्व सांसद एंव सीपीआईएमको दार्जीलिङ जिल्ला सचिव समन पाठक, हाम्रो पार्टीको केन्द्रीय प्रवक्ता श्याम गौतम, डीवाईएफआई दार्जिलिङ जिल्ला अध्यक्ष सचिन खाती, हाम्रो पार्टीको युवा शक्ति सभापति राप्गे राई आदिले सम्बोधन गरेका थिए। वक्ताहरूले पहाड़मा भाजपा र तृणमूल गोर्खाहरू विरोधी रहेको गोर्खाहरूको लागि भाजपा र तृणमूल कंग्रेसले केही नगर्ने साथै गोर्खाहरूको लागि गर्ने भनेको कंग्रेसलो मात्र हो भनी बताएका थिए। कंग्रेसको रैली र पथ सभामा कंग्रेसको महासचिव एंव बंगालको प्रभारी बीपी सिंह, पूर्व विधायक एंव कंग्रेस दार्जिलिङ जिल्लाको अध्यक्ष शंकर मालाकर, जिल्ला कार्यकारी सभापति सरोज त्रिखत्री, जिल्ला सचिव अविराज सुब्बा, जीटीएको सभासद रोबर्ट छेत्री, हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवर्ड लगायत कंग्रेस, सीपीआईएमको हाम्रो पार्टीको पदाधिकारीहरू उपस्थित रहेका थिए। यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै कंग्रेस प्रार्थी डा. मुनिष तामाङ र कांग्रेसको महासचिव गुलाम अहमद मिरले दार्जीलिङ संसदीय सिटबाट कंग्रेसको प्रार्थी डा. मुनिष तामाङलाई जिताउने आह्वान् गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *