अष्टमीका दिन ह चेचाखाता नोनई नदीको किनारमा भव्य मेला (फोटो फिचर)

IMG-20240416-WA0159

अलिपुरद्वार: विवेकानन्द नम्बर १ अञ्चल मध्य चेचाखाटामा आज अष्टमीका दिन हजारौं भक्तजनले नोनई नदी किनारमा स्नान गरेका छन्। यहाँ भव्य मेला लगाइन्छ। वसन्त पूजाको अवसरमा बिहानैदेखि चेचाखाता नोनै नदीमा सयौं भक्तजनको भीड लागेको थियो। महिला वसन्त पूजा समितिको पहलमा यस क्षेत्रमा ५५ वर्षदेखि मेला आयोजना हुँदै आएको छ। आज वसन्त पुजाका अवसरमा अष्टमीका दिन पनि भक्तजनले सो क्षेत्रको नोनई नदीमा स्नान गरे। तर्पण अर्पण गर्ने भक्तजनहरुको भीड लागेको थियो। अष्टमीको अवसरमा यहाँ मेला लाग्ने गर्छ। मेलामा दिनभरि हजारौं सर्वसाधारणको भीड लागेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement