निशिथ प्रामाणिकको समर्थनमा मिथुन चक्रवर्तीले गरे रोड शो

IMG-20240416-WA0158

कोचबिहार: भाजपा नेता तथा अभिनेता मिथुन चक्रवर्तीले आज कोचबिहारको ब्लक नम्बर २ को पुंडीबारी बजार क्षेत्रमा रोड शो गरे। आज दिउँसो करिब १२ बजे उनले कोचबिहार लोकसभा सीटबाट भाजपा उम्मेदवार निशिथ प्रामाणिकको समर्थनमा रोड शो गरे। मिथुन चक्रवर्तीको रोड शोमा बाक्लो भीड लागेको थियो। पुण्डीबारी पुगेपछि मिथुन चक्रवर्तीले मञ्चमा उभिएर उपस्थित भाजपा कार्यकर्ता र समर्थकहरूलाई सम्बोधन गरे। त्यसपछि उनले पुण्डीबारी चौपाथीदेखि प्रहरी चौकीसम्म रोड शो गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement