रामनवमीको जुलुसलाई लिएर दिलीप घोषले गरे राज्य सरकारको आलोचना

IMG-20240416-WA0137

कोलकाता: ‘रामनवमीमा ५० हजार मानिसले जुलुस निकाल्ने छन्। उनीहरूलाई कसैले रोक्न सक्दैन। यो देश रामको देश हो। अयोध्यामा पाँच सय वर्षको संघर्षपछि राम मन्दिर बनेको हो। हिन्दूहरूले विजयको उत्सव मनाउने छन्। म हिन्दू समुदायलाई अपील गर्दछु, रामनवमीको शोभायात्रामा हजारौंको संख्यामा सडकमा निस्किनुहोस्’, बर्दवान–दुर्गापुर सिटका भाजपाका उम्मेदवार दिलीप घोषले मंगलबार बिहान न्यूटाउन इकोपार्क पुगे थिए र त्यहाँ पत्रकारहरूसँग कुरा गर्दै यसो भने।

आज कोलकता उच्च अदालतको आदेशमा दिलीप घोषले पश्चिम बंगालमा रामनवमीको जुलुसलाई लिएर टीएमसी सरकारको कडा आलोचना गरे। यस अवसरमा दिलीप घोषले अदालतले हिन्दू समाजको भावना बुझेको बताए। पश्चिम बंगाल राज्य सरकारको आलोचना गर्दै दिलीप घोषले भने, ‘जुलुसलाई सुरक्षा दिन नसक्ने सरकार कसरी चल्ने?’ अभिषेक ब्यानर्जीको हेलिकप्टरको खोजीमा उनले भने, ‘यसअघि पनि हाम्रा नेताहरुको हेलिकप्टर खोजिसकेको छ। यो आयोगको अधिकार हो। आचारसंहिता अनुसार पैसा र हतियारको ओसारपसार रोक्नको लागि यस्तो गरिएको होl’   

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *