दयनीय फर्मबाट मुक्ति पाउन म्याक्सवेलले लिए आईपीएलबाट ब्रेक

IMG-20240416-WA0163.jpg

बेंगलुरु: रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-का अलराउण्डर ग्लेन म्याक्सवेलले आईपीएल २०२४-बाट मानसिक र शारीरिक ब्रेक लिने फसेला गरेका छन्। सनराइजर्स हैदराबाद विरुद्ध आरसीबी-को म्याचमा म्याक्सवेलको अनुपस्थितिलाई शुरुवातमा मुम्बई इण्डियन्स विरुद्ध गत म्याचमा लागेको औंलीको चोट बताइएको थियो तर पछिबाट उनले आफूलाई टीमबाट बाहिर गरेको स्वीकार गरे। म्याचपछि म्याक्सवेलले भने, यो कठिन फसेला थियो। मैले गत म्याच (बनाम मुम्बई इण्डियन्स) पछि फाफ र प्रशिक्षकहरूलाई भेट गरेर हामीले मेरो स्थानमा अन्य कसैलाई प्रयोग गर्ने समय आएको बताएको थिएँ। यो वास्तवमा आफूलाई सामान्य मानसिक र शारीरिक आराम दिने समय हो। टुर्नामेण्टको अवधि मलाई टोलीमा सामेल हुने आवश्यकता परे एउटा ठोस मानसिकता र शारीरिक स्थितिमा फर्किन सक्ने आशा गरेको छु, जहाँ म आफ्नो प्रदर्शनद्वारा प्रभावित गर्न सक्नेछु।
म्याक्सवेल आफूलाई तयार गर्न प्रतिस्पर्धी क्रिकेटबाट टाढ़ा भएको यो उनको करियरमा दोस्रोपल्ट हो। यसअघि अक्टोबर २०१९-मा पनि उनले यस्तै ब्रेक लिएका थिए। त्यस समय यस ३५ वर्षीय खेलाड़ीले केही महिनापछि खेलमा फर्किने फसेला गरेका थिए। आईपीएल २०२४-मा म्याक्सवेलले ब्याटको साथ निराशाजनक प्रदर्शन गरेका छन्। उनले ६ वटा म्याचमा ५.३३-को औसत र ९४-को स्ट्राईक रेटले केवल ३२ रन बनाएका छन्। यस ३२ रनमा २८ रन त उनले कलकत्ता नाइट राइडर्स विरुद्ध म्याचमा दुईपल्ट जीवनदान पाएपछि बनाएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *