शूटिंगमा देशलाई २०औं ओलम्पिक कोटा दिलाइन् पलकले

IMG-20240416-WA0153.jpg

नयाँ दिल्ली: हांगझोऊ एशियन गेम्समा स्वर्ण पदक जित्ने पलक गुलियाले शूटिंगमा देशलाई २०औं ओलम्पिक कोटा दिलाइन्। पलकले रियो डी जेनेरियोमा जारी अन्तिम ओलम्पिक क्वालीफाईंग इभेण्टमा १० मीटर एयर पिस्टल स्पर्धामा काँस्य पदक जितिन्। यसरी संयम पाँचौं स्थानमा रहिन्। आर्मेनियाकी एल्मीरा कारापेत्यानले स्वर्ण र थाईल्याण्डकी कमोनलाक साएञ्चाले रजत पदक र ओलम्पिक कोटा जितिन्। पलक र संयमले ५७८-को समान स्कोरसहित यस इभेण्टको फाइनलमा प्रवेश गरेकी थिइन्। फाइनलमा पलक र संयम दुवै निक्कै पछाड़िएकी थिइन् तर पछिबाट पुनरागमन गरिन्। एक समय अघि रहने हंगेरीकी वेरोनिका मेजर पछिबाट पछाड़िँदा पलकलाई फाइदा भयो। पलकले १९औं शट्मा मेजरमाथि ६ पोइण्ट्सको बढ़त हासिल गरिन् अनि तेस्रो स्थानमा पुगिन् जबकि संयम पाँचौं स्थानमा रहेर बाहिर भइन्। तेस्रो र चौथो स्थानमा लड़ाइँमा मेजर १०-को निशाना लगाउनदेखि चुकिन्, जसले पलक काँस्य पदक जित्न सफल भइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement