बलरहरूले ३०-४० रन अधिक खर्च गरेको स्वीकार गरे डू प्लेसिसले

IMG-20240416-WA0112.jpg

बेंगलुरु: आईपीएल इतिहासमा अहिलेसम्म ६ पल्ट एउटा ईनिंग्समा २५० भन्दा अधिकको स्कोर बनिएको छ। यसमा चारपल्ट त यस सीजनमा बनिएको छ। सोमवार सनराइजर्स हैदराबाद र रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-बीच खेलिएको म्याचमा दुवै टीमले २५० भन्दा अधिकको स्कोर बनायो। आरसीबी-ले आईपीएल इतिहासमा एउटा ईनिंग्समा सर्वाधिक रन खर्च गर्ने रेकर्ड बनायो। एम चिन्नास्वामी स्टेडियममा खेलिएको म्याचमा सनराइजर्सले ट्रेविस हेडको शतकको सहायताले रेकर्ड २८७ रन बनायो। त्यसपछि आरसीबी-ले २६२ रन मात्र बनाउन सक्दा सनराइजर्स २५ रनले विजयी भयो। म्याचपछि आरसीबी-का कप्तान फाफ डू प्लेसिसलाई चरम निराश देखियो। हारको कारणहरूबारे चर्चा गर्दा उनले भने, हाम्रो तर्फबाट आज ब्याटिंग प्रदर्शन धेरै राम्रो रह्यो। यो एउटा उचित टी२० विकेट थियो। हामीले लक्ष्यको नजिक पुग्ने भरपूर कोशिष गऱ्यौं तर २८८ रनको लक्ष्य धेरै टाढ़ा थियो। तपाईंमा आत्मविश्वासको कमी हुँदा लुक्ने जग्गा पाइँदैन। पेस बलरहरूलाई यहाँ धेरै मुश्किल भयो। ब्याटिंगमा पनि हामीले केही क्षेत्रमा काम गर्नु पर्नेछ। पावरप्ले पछि रन रेट धीमा हुन नदिन हामीले मेहनत गर्नु पर्नेछ। डू प्लेसिसले भने, लक्ष्यलाई खेदो गर्दै खेलाड़ीहरूले हरेस खाएनन् अनि तेजीको साथ रन बनाए। पूरा म्याच असल रह्यो तर हामीले ३०-४० रन अतिरिक्त खर्च गऱ्यौं। यस्तो गर्नु सही भएन। मैदानमा खेल्न ओर्लिँदा दिमाग तरोताजा रहनु जरूरी हुन्छ कारण यो मानसिकताको खेल हो।
म्याचको कुरा गर्दा सोमवार राति टस हारेर पहिला ब्याटिंग गर्दै सनराइजर्स हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २८७ रनको रेकर्ड स्कोर बनायो। ओपनर ट्रेविस हेडले ४१ बल खेलेर ९ वटा चौका र ८ वटा छक्काको साथ सर्वाधिक १०२ रन बनाए। यो उनको आईपीएलमा पहिलो शतक हो। हेडले साथी ओपन अभिषेक शर्मा (२२ बलमा ३४ रन)-सँग मिलेर पहिलो विकेटको निम्ति ४९ बलमा १०८ रनको पार्टनरशीप गरे। अभिषेक आउट भएपछि हेडले फर्ममा रहने हेनरिक क्लासेनसँग मिलेर छक्का र चौकाको वर्षा जारी राखे। यी दुईले दोस्रो विकेटको निम्ति केवल २६ बलमा ५७ रन योग गरे। क्लासेनले ३१ बल खेलेर ७ वटा छक्का र जोड़ी चौकाको साथ ३१ बलमा ६७ रन बनाए। हेड शतक पूरा गरेपछि १३औं ओभरमा आउट भए। हेड र क्लासेनको विकेट पतन भएपछि ऐडन मार्करम र अब्दुल समदले मिलेर अन्तिम ओभरहरूमा तेजीको साथ रन बनाए। मार्करमले २ वटा चौका र २ वटा छक्काको साथ १७ बलमा अविजित ३२ रन बनाए। यसरी समदले ४ वटा चौका र ३ वटा छक्काको साथ अविजित ३७ रन बनाए। आरसीबी-का बलरहरूमा लौकी फर्ग्यूसनले सर्वाधिक २ विकेट लिए।

त्यसपछि लगभग असम्भव लक्ष्यलाई पछ्याउँदै आरसीबीले ७ विकेट गुमाएर २६२ रन मात्र बनाउन सक्यो। ओपनर विराट कोहलीले कप्तान डू प्लेसिससँग पहिलो विकेटको निम्ति ३८ बलमा ८० रनको पार्टनरशीप गरे पनि आरसीबी-ले पावरप्लेपछि कोहली, विल ज्याक (७), रजत पाटीदार (९), डू प्लेसिस र सौरभ चौहान (शून्य)-को विकेट लगातार अन्तरालमा गुमायो। कोहलीले ६ वटा चौका र २ वटा चौकाको साथ २० बलमा ४२ अनि डू प्लेसिसले ७ वटा चौका र ४ वटा छक्काको साथ २८ बलमा ६२ रन बनाए। यसरी १२२ रनमा ५ विकेटको पतनपछि विकेटकीपर ब्याटर दिनेश कार्तिकले विध्वंशी मिजासमा खेल्दै आरसीबी-लाई अन्तसम्म म्याचमा कायम राखे पनि जीत दिलाउन सकेनन्। कार्तिकले ७ वटा छक्का र ५ वटा चौकाको साथ ३५ बलमा ८३ रन बनाए। अनुज रावतले अविजित २५ र महिपाल लोमरोरले १९ रन बनाए। सनराइजर्सका बलरहरूमा प्याट कमिन्सले ३ र मयंक मार्कण्डेले २ विकेट लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *