भारतीय वायुसेनाको स्क्वाड्रन लिडरको वर्दी लगाएर हिँड्ने एक व्यक्ति पक्राउ

IMG-20240416-WA0123.jpg

सिलगढी: सिलगढीमा एक व्यक्ति भारतीय वायुसेनाको स्क्वाड्रन लिडरको वर्दी लगाएर घुमिरहेका थिए। भारतीय वायुसेनाका अधिकारीहरूले उनीमाथि शंका गरे, अनि भारतीय वायुसेनाका कर्मचारीहरूले ती व्यक्तिको बारेमा पुलिसलाई जानकारी दिए। सिलगढी महानगरीय पुलिस मतिगढा थानाको पुलिसले तुरुन्तै गएर ती व्यक्तिलाई समात्यो। वायुसेनाका यी नक्कली अधिकारीलाई सिलगढी नजिकैको सिटी सेन्टरबाट पक्राउ गरियो। आरोपी वायुसेना स्क्वाड्रन लिडरको वर्दीमा घुमिरहेका थिए। मतिगढा  पुलिस स्रोतका अनुसार आरोपीको नाम सुब्रत रोय रहेको र रायगञ्जका निवासी हुन्। हिजो राति ती व्यक्ति भारतीय वायुसेनाको वर्दी लगाएर सिटी सेन्टरमा घुमिरहेका थिए र त्यही समयमा भारतीय वायुसेनाका दुई सिपाही सिटी सेन्टरमा आएका थिए। आरोपी सुब्रत रोयको लुगा देखेर शंका लागेपछि मतिगढा पुलिस चौकीमा खबर गरेका थिए। पुलिसले तत्कालै सिटी सेन्टर पुगेर व्यक्तिलाई पक्राउ गरेको थियो। सोधपुछपछि आरोपी सुब्रत रोयले आफूले अवैध रुपमा पहिरन किनेको र लगाएको स्वीकार गरेका छन्। त्यसपछि आरोपीलाई पक्राउ गरी मतिगढा पुलिस चौकीमा ल्याइयो। पक्रा परेका रायगञ्ज निवासी सुब्रत रोयले आफू डकुमेन्ट्री बनाउने काम गर्ने पुलिसलाई बताए। तर, पुलिसले अभियुक्तबाट भारतीय वायुसेनाको कुनै पनि कागजात बरामद गर्नसकेको छैन। आरोपी भारतीय वायुसेनाको वर्दी लगाएर घुमफिर गरिरहेको बारेमा मतिगढा पुलिस चौकीले जाँच  शुरु गरेको छ। सम्पूर्ण मामिलाको जानकारी बागडोग्रा वायुसेना कार्यालयलाई दिइएको छ। पक्राउ परेका सुब्रत रायलाई आज सिलगढी अदालतमा पेश गरिने छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *