सिलगढी: फाँसीदेवा ब्लकको गंगाराम चिया बगान क्षेत्रमा ढुङ्गा बोकेको ट्याक्टरको धक्काबाट एक किशोरको मृत्यु भएको छ। यस घटनामा अर्का एक किशोर घाइते भएका छन्। यो घटनाले पूरै क्षेत्रमा उत्तेजना सृजना भएको फैलाएको छ। मृतक किशोरको नाम लियोन कुजुर र घाइतेको नाम युनुस कुजुर बताइएको छ। आज बिहान दुई दाजुभाई साइकलमा घरबाट स्कूल जाँदै थिए। त्यसपछि ढुङ्गा भरिएको ट्याक्टरले साइकललाई धक्का दिएको थियो। जसले गर्दा लियोनको घटनास्थलमै मृत्यु भएको छ भने युनुस गम्भीर घाइते भएका छन्। स्थानीयले घाइतेलाई बचाएर अस्पताल पुर्याए। दुर्घटनापछि स्थानीय बासिन्दा आक्रोशित बनेर पुलिसलाई खबर गरे। यो खबर पाएलगत्तै बागडोग्रा पुलिस चौकीबाट ठूलो संख्यामा पुलिस घटनास्थल पुग्यो। स्थानीयहरूले यस दुर्घटनालुई लिएर विरोध प्रदर्शन गर्न थाले।









