अष्ट्रेलियाले अफगानिस्तानसँग द्विपक्षीय सीरीज नखेल्दा निराश राशिद खान

IMG-20240415-WA0241.jpg

नयाँ दिल्ली: अफगानिस्तानका जण्डा लेग स्पिनर राशिद खानको भनाइअनुसार, क्रिकेटले उनका देशवासीहरूलाई खुशीको पल उपलब्ध गराउँछ तर कुनै देशले उनीहरूसँग द्विपक्षीय सीरीज खेल्न अस्वीकार गरे केही गर्न सकिनेछैन। अष्ट्रेलियाले अफगानिस्तानसँग द्विपक्षीय सीरीज खेल्न अस्वीकार गरेपछि राशिदले उनका देशवासीहरू खुशीयाली मनाउनदेखि वञ्चित भएको बताए। क्रिकेट अष्ट्रेलिया (सीए)-ले तालिबान शासित देशमा महिलाहरूसँग दुर्व्यवहारले गर्दा २०२३-मा आफ्नो देशमा अफगानिस्तानसँग हुने वनडे सीरीज रद्द गरेको थियो अनि यस सालको अन्तमा यूएई-मा हुने टी२० सीरीजमा पनि खेल्न अस्वीकार गऱ्यो। अष्ट्रेलियाको यस्तो फसेलापछि पनि राशिद सहित अफगानिस्तानका अन्य खेलाड़ीहरूले बिग ब्याश टी20 लीगमा खेल्न जारी राखे। राशिदले भने, म र सबै खेलाड़ी क्रिकेट खेल्न चाहन्छौ कारण अफगानिस्तानमा मानिसहरूका निम्ति खुशीयाली मनाउने यो एकमात्र तरिका हो। तपाईंले त्यो पनि खोसे प्रशंसकहरू निराश हुनेछन्। उल्लेखनीय छ, गत वर्ष अष्ट्रेलियाले द्विपक्षीय क्रिकेट खेल्न अस्वीकार गरेपछि राशिदले बिग ब्याश लीगमा नखेल्ने धम्की दिएका थिए। राशिदले ४०० भन्दा अधिक टी२० म्याच खेलिसकेका छन् अनि उनी फ्रेञ्चाइजी आधारित टी२० लीगहरूमा निक्कै लोकप्रिय छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *