पूर्व क्रिकेटर माइकल स्लेटर जेलमा

IMG-20240415-WA0240.jpg

ब्रिसबेन: अष्ट्रेलियाई क्रिकेट टीमका पूर्व ओपनिंग ब्याटर तथा कमेण्टेटर माइकल स्लेटरलाई कुटपीटसहित अन्य आरोपहरू लागेपछि पुलिसले पक्राउ गऱ्यो। यस ५४ वर्षीय पूर्व क्रिकेटरमाथि एक दर्जनभन्दा अधिक अपराधहरूका आरोप लगाइएको छ। यसमा गैरकानूनी तरिकाले पीछा (फलो) गर्नु, धम्काउनु, कुटपीट, शारीरिक नोक्सान पुऱ्याउने हमला र घाँटी निमोठेको आरोप सामेल छ। स्लेटरको मामिला सोमवार क्वीन्सल्याण्डको मारुचिडोर मेजिस्ट्रेट कोर्टमा पेश गरियो। उनले गत वर्ष ५ दिसम्बरदेखि १२ अप्रेलबीच विभिन्न तारिखहरूमा सनशाइन तटमा कथित अपराधहरूका जम्मा १९ आरोपहरूका सामना गरिरहेका छन्। स्लेटरमाथि जमानतको उल्लंघन गरेको अनि घरेलु हिंसा आदेशको उल्लंघन गरेको दशवटा आरोप पनि लगाइएको छ। स्लेटरले १९९३-देखि २००३-बीच ७४ वटा टेस्ट र ४२ वटा वनडे इण्टनेशनल म्याच खेलेका थिए। टेस्ट क्रिकेटमा उनले १४ वटा शतक बनाएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *