पेरिस ओलम्पिकमा बैगुनी रंगको एथलेटिक ट्रयाक

IMG-20240415-WA0239.jpg

पेरिस: यस साल हुने पेरिस ओलम्पिकमा दर्शकहरूले स्टेडियममा बैगुनी रंगको एथलेटिक ट्रयाक देख्न पाउनेछन्। पारम्परिक ईंटा जस्तो रातो रंगदेखि अलग पहिलोपल्ट ओलम्पिक ट्रयाक बैगुनी रंगको हुनेछ। रासायनिक प्रक्रियाद्वारा तयार हुने उच्च स्तरको कृत्रिम रबरद्वारा निर्मित वल्केनाइज्ड रबर ट्रयाकको टुक्राहरूको उत्पादन उत्तरी इटलीको एउटा फ्याक्ट्रीमा गरिएको छ अनि कर्मचारीहरूले त्यसलाई ट्रयाक स्पर्धाहरूको आयोजन गर्ने राष्ट्रिय स्टेडियम ‘स्टेड डी फ्रान्स’-मा बिछ्याइरहेका छन्। ट्र्याक कभर गर्नको निम्ति वल्केनाइज्ड रबरको १००० भन्दा अधिक रोल प्रयोग गरिनेछ। यसमा लगभग एक महिना समय लाग्नेछ अनि वल्केनाइज्ड रबरको टुक्राहरू ट्रयाकमा टाँस्न २८०० भन्दा अधिक डब्बा गम लाग्नेछ। तीन साल अघि टोक्योमा रातो ट्रयाकमा तीनवटा वर्ल्ड रेकर्ड र १२ वटा ओलम्पिक रेकर्ड बनिएको थियो। ट्रयाक तयार गर्ने कम्पनी मोण्डो-ले १९७६-मा मण्ट्रियलपछि हरेक ग्रीष्मकालीन खेलहरूमा एथलेटिक ट्रयाक तयार गर्दै आएको छ अनि कम्पनीलाई पेरिसमा अझ राम्रो ट्रयाक बनिने आशा रहेको छ। एथलीटहरूले पनि ट्रयाकको स्तरमा सन्तुष्टि व्यक्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *