पुलिस अधिकारीहरूले सुरक्षा व्यवस्थाको समीक्षा गरे
सिलगढी: तृणमूल प्रमुख र मुख्यमन्त्री ममता बनर्जीले मंगलबार सिलगढीमा पार्टी उम्मेदवारको समर्थनमा पदयात्रा गर्ने छन्। यो पदयात्रा सिलगढीको एयरभ्यू मोडबाट दिउँसो २ बजे शुरु हुँदैछ जुन बाघजातिन पार्कमा समापन हुनेछ। पदयात्राको तयारी र सुरक्षा व्यवस्थाको निरीक्षण गर्न आज पुलिस अधिकारीहरुले हिलकार्ट रोड र बाघजातिन पार्कको भ्रमण गरेका थिए। पुलिस आयुक्त बाहेक अन्य पुलिस अधिकारीहरुले हिलकार्ट रोड र बाघजातिन पार्कको समेत अवलोकन गरेका थिए। यस सम्बन्धमा दार्जिलिङ जिल्ला तृणमूल विधानसभा नेता पपिया घोषले दार्जिलिङका उम्मेदवार गोपाल लामाको समर्थनमा मुख्यमन्त्रीले मंगलबार यो पदयात्रा निकाल्ने बताउनुभयो। यो पदयात्रा एयरभ्यु मोडबाट सुरु भई बाघजातिन पार्कमा समापन हुनेछ। मुख्यमन्त्रीले सबै धर्मका मानिसलाई लिएर पदयात्रा गर्नेछन्।