पूर्व मुख्यमन्त्री स्व. नरबहादुर भण्डारीकी छोरी प्रिमुला भण्डारी भाजपामा सामेल

n600508398171320041740584f579fd9d5bb247f8ffae72f982bb4074744b7f9aeb004479f54cf6b7ece587.jpg

गान्तोक:  सिक्किमका पूर्व मुख्यमन्त्री स्व. नरबहादुर भण्डारीकी छोरी प्रिमुला भण्डारी भारतीय जनता पार्टीमा सामेल भएकी छन्। उनले सिक्किम भाजपा अध्यक्ष डीआर थापाको नेतृत्वलाई समर्थन जनाउँदै भाजपामा सामेल भएको बताइएको छ। सोमवार बिहान चर्च रोडस्थित आफ्नो आवासमा प्रिमुलाले भाजपाको झण्डा फहराइन्।

प्रिमुलाको भाजपा प्रवेशले आरिथाङ निर्वाचन क्षेत्र मात्र नभएर सिक्किममा नै भाजपाका लागि नयाँ ऊर्जा प्राप्त भएको पार्टी पक्षबाट जनाइएको छ। सुश्री भण्डारी जस्ता व्यक्तिहरूले सिक्किमको आम चुनाउअघि भाजपालाई समर्थन जनाइरहेको र यसलाई प्रोत्साहनको रूपमा हेरिरहेको भाजपा सिक्किमले बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement