जीटीए चिफ अनित थापा अनि डेपुटी चीफ एक्ज्युकेटिभसँग संयुक्त माध्यमिक स्वयंसेवक शिक्षक संगठनको भेट

IMG_20220805_193405.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका भातृ संगठन संयुक्त माध्यमिक स्वयंसेवक शिक्षक संगठनका प्रतिनिधिहरुले जीटीए चिफ एक्ज्युकेटिभ अनि डेपुटी चीफ एक्ज्युकेटिभसँग भेट गरी बधाई जनाएका छन्। संयुक्त माध्यमिक स्वयंसेवक शिक्षक संगठनका एक प्रतिनिधि टोलीले संगठनको पक्षबाट जीटीए चिफ एक्ज्युकेटिभ अनित थापा अनि डेपुटी चिफ एक्ज्युकेटिभ सन्चबीर सुब्बालाई भेट गरेर सम्बर्द्धना जनाएका छन्। संगठनको पक्षबाट अध्यक्ष मन्दिप रिजाल, महासचिव राहुल राई, कोषाध्यक्ष कल्पना प्रधान, सह सचिव अभिषेक थापा, प्रवक्ता छिडेन तामाङ साथमा अन्य सदस्यहरु उपस्थित रहेका थिए। संगठनले आफ्नो स्थापनाकालदेखि नै अनित थापाको सोच र कार्यशैली रुचाएर यसै पार्टीको भातृ संगठनको रुपमा रहेर कार्य गर्दै आईरहेको अनि यसरी जीटीए चुनाउमा विजय हाँसिल गरेपश्चात खुशी व्यक्त गरेको छन्। भेटको क्रममा जीटीए मुख्य कार्यपाल अनित थापाले स्वयंसेवक शिक्षकहरुको नियुक्तिबारे आफु गम्भीर रहेको अनि आउँदो दिनहरूमा यसबारे पहल शुरु गर्न वचनबद्धता जाहेर गरेका छन्। जीटीए चीफ अनित थापाकै पहलमा स्वयंसेवक शिक्षकहरुको दीर्घ दिनदेखिको थाँतीमा रहेको नियुक्ति प्रक्रिया फत्ते हुने पूर्ण आशा अनि भरोसा रहेको संगठनका अध्यक्ष मन्दिप रिजालले मन्तव्य राखेका छन्। यसका साथै संगठनले जीटीए शिक्षा विभाग भारप्राप्त सभासद् सन्चबीर सुब्बालाई भेटी सम्बर्द्धना जनाए। सुब्बाले संगठनका प्रतिनिधिहरुसित कुराकानी गर्ने क्रममा ‌उनले स्वयंसेवक शिक्षकको पीडा महसुस गरिरहेको भएतापनि काननुदेखि बाहिर रहेर कार्य गर्न नसकिने जनाए। उनले अघि बताए कि स्वयंसेवक शिक्षकहरुलाई कानुनभित्र रहेर न्याय दिन उनी कटिबद्ध छन्। भाई भतिजाबाद र बिना सिस्टमको काम अबउसो नहुने जनाउदै योग्यता र सिस्टममा रहेर यस समस्याको समाधान हुने विश्वास दिलाए। संगठनका सचिव रहुल राईले अब स्वयंसेवक शिक्षकहरु दीर्घ दिनदेखि समस्याको समाधान हेतु पहल शुरु हुने आशय व्यक्त गर्दै स्वयंसेवक शिक्षकहरुको योगदान समाज निर्माण हेतु महत्वपूर्ण रहेकोले कसैलाई पनि नकारात्मक टिकाटिप्पणी नगरिदिने अपिल गर्दै उनले अघि बताए कि आफु जलेर समाजलाई उज्यालो तर्फ लाने स्वयंसेवक शिक्षकहरुको पहाडको शिक्षालाई सुव्यवस्थित बनाउन महत्वपूर्ण योगदान रहेको छ भनी संगठनको पक्षबाट प्रवक्ता छिडेन तामाङले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *