बाबुल सुप्रियोले कृष्ण कल्याणीको समर्थनमा गरे रोड शो

IMG-20240415-WA0171.jpg

उत्तर दिनाजपुर: पश्चिम बंगालका सूचना प्रविधि मन्त्री बाबुल सुप्रियोले आज रायगञ्ज लोकसभा निर्वाचन क्षेत्रबाट तृणमूल उम्मेदवार कृष्ण कल्याणीको समर्थनमा रोड शो गरे। तृणमूल उम्मेदवार कृष्ण कल्याणीलाई साथमा लिएर उनले नेताजी सुभाष रोड आशा टकीज चौराहेबाट हाइवे रोड शो गरे। उनले एमजी रोडस्थित राम सीता मन्दिरमा पूजाआजा गरी पदयात्राको समापन गरेका हुन्। उनलाई हेर्न मानिसको ठूलो भीड लागेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement