सिलगढी: लोकसभा चुनाव आउन अब चार दिन मात्रै बाँकी रहँदा सबै राजनीतिक दलका नेताहरुले आ–आफ्नो शक्ति लगाएका छन्। साथै चुनावी प्रचारका लागि ठूला व्यक्तित्वहरु पनि आउने क्रम जारी छ ।यसैबीच, तृणमूल कांग्रेस स्तरीय अध्यक्ष पापिया घोषले दार्जिलिङ लोकसभा क्षेत्रबाट अखिल भारतीय तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा आज खोरीबारीमा प्रचार गरे। तृणमूल कांग्रेस समतलका अध्यक्ष पापिया घोषले खोरीबारीमा घरदैलो प्रचार गर्दै गोपाल लामाका लागि भोट मागेका छन्।