सिलगढी: आज डीवाईएफआई तथा एसएफआईद्वारा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी तथा उत्तरबंग विश्वविद्यालयका वर्तमान उप-कुलपतिले पद त्याग गर्नुपर्ने लगायत विभिन्न मागलाई लिएर विक्षोभ प्रदर्शन गरियो। उत्तरबंग विश्वविद्यालयको मोडबाट विक्षोभ प्रदर्शन शुरू गरेर विभिन्न मागमा उत्तरबंग विश्वविद्यालयमा ज्ञापन पत्र चढाउने संगठनको परियोजना रहे तापनि यसभन्दा अघि पुलिसले बाँधा दिएपछि डीवाईएफआई तथा एसएफआईका कार्यकर्ता तथा समर्थकहरूले विश्वविद्यालयको ३ नम्बर गेटअघि विक्षोभ प्रदर्शन गरे। उक्त विक्षोभ प्रदर्शन अवधि कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर विश्वविद्यालय परिसरमा मतिगढा थानाको विशाल पुलिस वाहिनी तैनाथ गरिएको थियो।