राजेश हमाल बने गोरेटोको ब्राण्ड एम्बासेडर

hamal1

काठमाडौं: अभिनेता राजेश हमाल पछिल्ला दिनमा देश विदेशमा हुने विभिन्न कार्यक्रम तथा म्युजिक भिडियो र विज्ञापनहरुमा व्यस्त छन्। नयाँ वर्ष २०८४ मा नयाँ फिल्ममा आउने बताएका हमालले बुधबार बबरमहलमा घोडामा चढेर एउटा ट्राफिक सचेतनामूलक टीभी विज्ञापनमा अभिनय गरे। अभिनेता हमाल क्यानाडा अध्ययनका लागि गोरेटो कन्सल्ट्यान्सीको ब्राण्ड एम्बासेडर बनेसँगै उनले एक वर्षसम्म गोरेटो कन्सल्ट्यान्सीका विभिन्न पोजेक्टमा काम गर्ने कुरा प्रबन्धक निर्देशक धिरज कंडेलले जानकारी दिए। सामाजिक उत्तरदायित्व अन्तर्गत यो विज्ञापन ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभावकारी हुनेमा राजेश स्वयम विश्वस्त देखिएका छन्। सामाजिक उत्तरदायित्व अन्तर्गत विज्ञापन ट्राफिक सचेतनाका निम्ती निक्कै नै प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको कंडेलले राजेश हमाललाई अहिलेसम्मकै उत्कृष्ट अवतारमा उतारेको पनि जनाएका छन्।

अभिनेता हमाल स्वयम पनि उच्च शिक्षाका लागि विदेशमा पढेका एक वौद्धिक व्यक्तित्व भएका कारण उनको यो विज्ञापन प्रभावकारी बन्ने अर्का एड्भाइजर राम खड्काले बताए। खड्काले क्यानाडा अध्ययन गर्न नेपालमा भरपर्दो शैक्षिक परामर्शदाताका रुपमा परिचित भएको गोरेटो कन्सल्ट्यान्सीले बेलाबेलामा यस्ता सामाजिक सचेतनाका लागि विभिन्न कार्यहरु गर्ने बताए। त्यस्तै गोरेटोका चर्चित परामर्शदाता प्रकाश रेग्मी पनि निक्कै नै उत्साहित देखिएका छन्। क्यानाडाले हालसालै अन्तर्राष्ट्रिय विद्यार्थी लक्षित केहि नीतिमा परिमार्जन गरेको र उक्त नीति विद्यार्थीहरुको क्यानाडा बसाइ राम्रो बनोस् भन्नका लागि नै बनाएको बताएका छन्। आफू डेनमार्कमा अध्ययन गरेका रेग्मी अन्तर्राष्ट्रिय अनुभव लिन र बदलिँदो विश्व परिवेशमा क्यानाडा जस्तो उत्कृष्ट गन्तव्यमा पढ्न र सकभर नेपाल फर्किएर देशको लागि केहि गर्नका लागि युवाहरुलाई अनुरोध गरेका छन्। महानायक हमालले एक वर्षसम्म गोरेटोसँग जोडिएर काम गर्नेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *