सुभेन्दु अधिकारीले गरे तृणमूल सरकारको तीखो आलोचना

IMG-20240415-WA0201

कोचबिहार: पश्चिम बंगालका भाजपा नेता सुभेन्दु अधिकारीले दिनहाटा सनहति मैदानमा भाजपाका उम्मेदवार निशिथ प्रामाणिकको समर्थनमा जनसभा गरे। जनसभालाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री ममता ब्यानर्जी र तृणमूल सरकारको तीखो आलोचना गरे। सुभेन्दु अधिकारीले उत्तर बङ्गालका विकासमन्त्री उदयन गुहाको पनि आलोचना गरे। उनले उत्तर बङ्गाल विकास मन्त्रीले नआउन धम्की दिएको पनि बताए। उनले सुरक्षाबिना आएको बताएl  उदयन गुहाको आलोचना गर्दै उनले भने, ‘२०२१ मा उनको हात समातेर भाजपामा सामेल हुन चाहन्थे। फरवरी २०२१ मा, निवर्तमान सांसद सुनिल मण्डलले साल्ट लेकमा रहेको आफ्नो सरकारी फ्ल्याटमा बैठक गरेका थिए।‘ उनलाई कुनै पनि हालतमा भाजपामा नलिने उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement