सिलगढी: चुनाव प्रचारको व्यस्तताका बीच सोमबार दार्जीलिङ लोकसभा वाम मोर्चाले समर्थन गरेका कांग्रेसका उम्मेदवार डा. मुनिष तामाङले सिलगढीका अधिवक्ताहरुलाई भेटेर उनीहरुका विभिन्न समस्या सुनेर आफ्नो धारणा राखे। डा. मुनिष तामाङका साथमा वाम मोर्चाका नेता समन पाठक र कांग्रेसका नेता शंकर मालाकारलगायत अन्य नेता, कार्यकर्ता र समर्थक थिए। अधिवक्ताहरूसँगको भेटपछि उनले देशैभर परिवर्तनको हावा चलिरहेको बताए। कांग्रेस उम्मेदवार डा. मुनिष तामाङले आफू जता गए पनि पूर्ण समर्थन पाइरहेको बताउँदै चुनाव जित्नेबारेमा आफू पूर्ण आशावादी रहेको बताए।