भाजपा र तृणमूल हाम्रो लागि दुवै खतरा: राप्गे राई

IMG-20240415-WA0211.jpg

दार्जीलिङ: भाजपा र तृणमूल कांग्रेस हाम्रो लागि दुवै खतरा हो भनी हाम्रो पार्टी युवा शक्ति अध्यक्ष राप्गे राईले बताएका छन्। दार्जीलिङस्थित हाम्रो पार्टी केन्द्रीय कार्यालय पी कोठीमा हाम्रो पार्टीको युवा एकाई युवा शक्तिको अध्यक्ष राप्गे राईले तृणमूल कांग्रेस भनेको बंगाल सरकार हो। बंगाल सरकारले हामी गोर्खाहरूको हितमा कहिले सोच्दैन। त्यसरी नै राज्यको तृणमूलको सरकारसंग गठबन्धन गरेका पहाडको क्षेत्रीय पार्टीले हामी गोर्खाहरूको हितमा कहिले सोच्दैन। जबसम्म बंगाल सरकारसंग मिलेर काम गर्छु भन्ने क्षेत्रीय दल छ तबसम्म हाम्रो जातिको उत्थान र भलो कहिले हुन सक्दैन राईले भने। उनले अघि भने, भारतीय जनता पार्टी गोर्खा जातिप्रति इमान्दार छैन अनि हामीले यो कुरा धेरै अघिदेखि नै भन्दै आएका छौं। हिज १४ अप्रेलको दिन भारतीय जनता पार्टीले आफ्नो संकल्प पत्र जारी गरेको छ अनि उक्त संकल्प पत्रमा पहाड एंव गोर्खाहरूबारे एक शब्द पनि उलेख गरेको छैन। गत २०१९ को लोकसभा चुनावमा भारतीय जनता पार्टीले आफ्नो संकल्प पत्रमा गोर्खा समुदायको ११ जात गोष्ठीलाई जन जातिमा समावेश गर्ने, पहाड तराई डुवर्सको दीर्घकालीन समस्यालाई स्थायी राजनैतिक समाधान गर्ने लिखित वाचा गरेको थियो। भाजपाले आफ्नो संकल्प पत्रमा उलेख गरेका विषयहरू कार्य रूपमा परिणत गर्न टाडोको कुरा तर यस पटक त संकल्प पत्रमा गोर्खाहरूबारे एक शब्द पनि उलेख गरिएको छैन। योभन्दा ठूलो दुर्भाग्य अरू के हुन सक्छ राईले प्रश्न तेर्साए। उनले अझ भने, भाजपालाई भोट हाल्ने, भाजपालाई माया गर्ने कुनै आधार छैन, भाजपाले हामीलाई भोट हाल्ने मिसिनको रूपमा प्रयोग गर्दै आई रहेको छ। जनताले सवैको पक्ष सुन्न पर्छ,भाजपाले के भन्दैछ, तृणमूल काग्रेस, भागोप्रमोले के भन्दैछ अनि हाम्रो पार्टीले के भन्दैछ सवैको पक्षलाई सुन्नोस राईले भने। तिनले अधि भने अब हामी हाम्रो खुटटामा उभिएर निर्णय लिनु पर्छ,कसैको रीसमा आएर यस पटक हामीले तृणमूल काग्रेसलाई भोट हाल्नु पर्छ भन्ने सोच कदापी राख्नु हुदैन,यस पटकको चूनावमा तृणमूल काग्रेसको हार तय छ, तृणमूल काग्रेसले हामी गोर्खाहरूको भलो कहिले सोच्न सक्दैन। त्यसरी नै भाजपासंग गठबन्धन गरेको क्षेत्रिया दलहरू जसले हरेक कुरामा गोर्खाल्याण्ड लाई समाबेश गर्छ तर भारतीय जनता पार्टीले आफ्नो संकल्प पत्रमा पहाड एंव गोर्खाहरूको बारेमा एक शब्द पनि प्रयोग नगर्दा चूप लागेर बसेको छ हाम्रो पार्टी युवा शक्ति अध्यक्ष राप्गे राईले भने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *