सोनादा साहित्य संस्थानद्वारा साहित्यकार शिशुपाल शर्माको निधनमा शोकसभा

IMG-20240415-WA0208.jpg

सोनादा: भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार शिशुपाल शर्माको निधनमा सोनादा साहित्य संस्थानद्वारा शोक सभा आयोजना गरिएको छ। उनको स्मरणमा सोनादा साहित्य संस्थानका अध्यक्ष साहित्यकार जोगेन दर्नालको अध्यक्षतामा शोकसभा सोनादा ग्रामीण पुस्तकालयमा सम्पन्न भयो।संस्थानका मूल सचिव नरेश कटुवालद्वारा सञ्चालन गरिएको उक्त सभामा भारतीय नेपाली साहित्यको विशेष बाल साहित्यमा अनवरत कलम चलाउने शिशुपाल शर्माको कृतित्व, व्यक्तित्व अनि उनको योगदानमाथि चर्चा गरिएको छ।संस्थानका उपाध्यक्ष साहित्यकार जेके राई, साहित्यकार नरबहादुर तोया, साहित्यकार रामराज राई, कवि भीम क्षमित, छिरिङ भोटिया आदिको उपस्थिति रहेको उक्त सभामा दिवंगत शिशुपाल शर्माप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै मौन प्रार्थना चढाइयो।वक्ताहरूको बाल साहित्य अकादेमी पुरस्कार विजेता शिशुपाल शर्माको निधन भारतीय नेपाली साहित्यका निम्ति अपूरणीय क्षति रहेको बताए।
सभाको उत्तरार्द्धमा संस्थानको कार्यकारिणी समितिको महत्वपूर्ण सभा सम्पन्न भयो। सभामा संस्थानको वार्षिक आय व्ययको विवरण तथा सचिवको प्रतिवेदन प्रस्तुत गरियो साथै आगामी महिनादेखि संस्थानको मासिक साहित्यिक मन्थन कार्यक्रम निरन्तर गरिने प्रस्ताव ग्रहण गरियो भनि मूल सचिव नरेश कटुवालले जानकारी दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *