१सय माइलको मञ्जुश्री ट्रेल रेस  निर्मलाले जितिन्

IMG-20240415-WA0003

झापा, (नेपाल): अल्ट्रा धाविका निर्मला राईले चैत्र अन्तिममा सञ्चालित १०० माइल (१७० किमी) लामो चौथो मन्जुश्री ट्रेल रेसमा पहिलो स्थान हात पार्न सफल भइन्। खोटाङ जिल्ला ऐसेलुखर्की गाउँपालिकाकी ३३ वर्षीया निर्मलाले अघिल्लो संस्करणको च्याम्पियन अनिता राईलाई पछि पार्दै पहिलो पटक मन्जुश्री ट्रेल रेस च्याम्पियन बन्न सफल भएको हो। निर्मलाले अनिताकै नाममा रहेको कोर्स रेकर्ड टाइमको कीर्तिमान पनि तोडेकि छिन्। ‘पहिलो पटक यति लामो रेसमा दौडेको थिएँ। मन्जुश्री पहिलो पटक जितें। अझ कीर्तिमानसहित जित्न पाउँदा एकदमै खुशी छु’, निर्मलाले भनिन्। काठमाडौँ उपत्यका पूरै फन्को लगाउनुपर्ने मन्जुश्री ट्रेल रेसमा निर्मलाले ३४ घण्टा ५४ मिनेट ३० सेकेण्डमा निर्धारित दूरी पूरा गरेकी हो। दोस्रो हुने  अनिताले ३५ घण्टा ५७ मिनेट १९ सेकेण्ड लगाइन्। यसअघि अनिताले तेस्रो संस्करणमा ३६ घण्टा ४७ मिनेट १२ सेकेण्डमा दौड पूरा गर्दै कीर्तिमान बनाएको थियो।

१०० माइलमा कूल १३ जनाले रेस पूरा गर्दा ९ पुरुष र ४ महिला थिए। त्यसमा पनि समग्रमा निर्मला पाँचौँ भएकी थिइन्। रेस जितेपछि उनले धेरैतिरबाट वाहवाही पाइन्। शुरुमा त्यस्तो केही थिएन। तर जितेको समाचारहरु आएपछि उत्साही भएँ। दु:ख गरेपछि फल पाइन्छ भनेर घरबाट पनि मेसेजहरु आयो। ‘गाउँमा पनि सबैले राम्रो गरेछ भने, खुशी लाग्यो’, उनले भनिन । उनलाई १३ अप्रेल (वैशाख १) मा जुम्लामा भएको जुम्ला रारा अल्ट्रा रेसमा पनि सहभागी हुन प्रस्ताव आएको थियो। तर गोडा पूर्ण ठीक नभएकाले उनि गइनन्। मन्जुश्रीको १०० माइल रेसको महिला र पुरुषतर्फका विजेतालाई स्वीट्जरल्याण्डमा हुने अन्तर्राष्ट्रिय १०० किलोमिटरको रेसमा सहभागी गराउने आयोजकले जनाएको छ।

निर्मलाले १०० माइल दौडिएको मञ्जुश्री ट्रेल रेस नै पहिलो थियो। उनले यस बिषयमा तालिम तथा प्रशिक्षणहरु पनि लिएकि  थिइनन्। त्यसैले यो प्रतियोगितामा स्वर्ण जित्ने त उनले सोचेकि नै भएको थिइनन। ‘मैले जित्छु भनेर सोचेको पनि थिइन। किनकी म पहिलो पटक यति लामो रेस दौडिरहेको थिएँ,’ निर्मलाले भनिन्, ‘सबैले गत संस्करणको च्याम्पियन अनितालाई फलो गरिरहेका थिए, मैले चिनेको पनि खासै कोही थिइन।’ रेसको बीचमा उनि केही नर्भस समेत भइन् । रेसको बीचमै छाड्नुपर्ने हो कि भन्ने चिन्ता पनि थियो। तर, आफैँले हिम्मत गरिन र रातिको समयमा पनि दौडिइन र अन्तिममा कीर्तिमान बनाइन। यो प्रतियोगिता जित्नुअघि निर्मलाको नाम चर्चामा थिएन। निर्मलाको न कुनै टिम थियो न कुनै प्रायोजक। उनि केवल आफ्नै बलमा दौडेकि थिइन्। उनले मन्जुश्री रेसका निम्ति खासै प्रशिक्षण र अभ्यास पनि गरेकी  थिइनन्। तैपनि अधिकांश समय सँगै दौडिएकी अनितालाई उनले अन्तिममा पछि पारिन्। ‘म प्रिया राई र जिम्मी सरप्रति आभारी छु। झुलेमा पुग्दा अनितालाई सहयोग गर्नेहरु थिए। म के गर्ने के गर्ने भएँ। पछि जिम्मी सरले हौसला दिए’, उनले भनिन्।

निर्मलाले थोरै रेस मात्र कुदेकी छन्। जति कुदिन त्यसमा पोडियम फिनिस (शीर्ष तीन) मा आइन छ। मन्जुश्री ट्रेल रेस दौडनुअघि उनले मार्च ३० (१७ चैत्र)मा रामेछापको सैलुङमा भएको सुनापती सैलुङ अल्ट्रा म्याराथनमा पहिलो स्थान हात पारेकी थिइन। १३ फरवरी (१ फागुन)मा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा भएको छैटौँ राष्ट्रिय मौराखारा अल्ट्रा गुरिल्ला म्याराथनमा निर्मला तेस्रो भएकी थिइन् भने फागुन अन्तिममा ओखलढुंगामा भएको खिजिदेम्बा अल्ट्रा म्याराथनमा दोस्रो भइन्। ३ फरवरी (२० माघ)मा भएको केभीआर तेस्रो स्टेजमा तेस्रो  भएकि थिइन्। निर्मलाले अल्ट्रा रेस दौडन थालेको करिब ४ वर्ष भयो। निर्मला ट्रेल रेसमा लाग्नुमा अर्की धाविका प्रिया राईको सहयोग छ। निर्मला र प्रिया दुवै खोटाङका हुन्। निर्मला भन्दा सानी भए पनि प्रियाले पहिलेदेखि नै दौडमा सहभागिता जनाइन्।

‘कुनै बेला यी दुवै काँडाघारीमा नजिकै डेरामा बस्दथे। प्रिया सधैँ दौडन जान्थिन्। एक दिन प्रियाले निर्मलालाई पनि सँगै ट्रेनिङमा लिएर गईंन् । हामी दुवै एकै जिल्लाको नजिकै बस्थ्यौं। एक दिन दौडन जाने हो भनेर प्रिया बहिनीले भन्नुभयो। म सँगै गएँ। अनि पो थाहा भयो। यस्तो दौड पनि हुने रहेछ भनेर’, निर्मलाले सुनाइन्l  त्यही नै उनको करिअरको कोशेढुङ्गा बन्यो। दौडमा लाग्नुअघि उनि मार्केटिङको काम गर्दथिन्। घरको जेठी सन्तान भएकाले आर्थिक जिम्मेवारी पनि उनमा थियो। त्यसैले आर्थिक उपार्जनको काममा लाग्नु पर्ने भएकाले रेसमा ढिलामात्र लागिन्।

उनले शुरुमा दौडेको झिल्टुङ क्रस कन्ट्री रेस हो। जहाँ उनि चौथो  भएकि थिइन्। त्यसपछि उनले विभिन्न रोड रेसहरुमा पनि भाग लिइन्। वीर गणेशमान रोड रेसमा शीर्ष दशमा पनि आयोजकले राम्रो दौडिएको भनेर उनको प्रशंसा गरेपछि उनि अझ उत्साहित  भएकि थिइन्। तर, उनको दौडले निरन्तरता पाउन सकेन। गाउँमा गएर बसेँ घरको कामहरुले गर्दा। काठमाडौं बस्न पाइनु, पछि प्रियाले बोलाएपछि उनि दौडन आएकि  थिइन्। उनले गत वर्ष अप्रिलमा मनास्लु ट्रेल रेसमा सहभागिता जनाकि  थिइन्। जहाँ उनले दोस्रो स्थान हात पारिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement