खरसाङ विश्वकर्मा समाजद्वारा डा. भीमराव अम्बेदकर जयन्ती पालन

IMG-20240415-WA0198.jpg

खरसाङ: खरसाङ विश्वकर्मा समाजद्वारा संविधान निर्माता तथा भारतरत्न डा. भीमराव अम्बेदकर १३३औँ जन्म जयन्ती निर्मलकुमार गहतराजको अध्यक्षतामा समाजको निजी भवनमा पालन गरियो। यस अवसरमा शास्त्रीय सङ्गीतका गुरु तथा समाजका वरिष्ठ सदस्य गोविन्दसिँह घतानी, श्यामकुमार लोहार, गोविन्द शङ्कर, सुष्मा सिंह, कमल श्रीवाल, सबिता गजमेर, इन्द्र सिंगौरे, किशोर सिंह, सञ्जय सिंह विशेष रूपले उपस्थित थिए। समाजका सचिव केशवसिंह घतानीले सञ्चालन गरेको यस कार्यक्रममा सर्वप्रथम बाबा साहेबको प्रतिकृतिमा अध्यक्ष अनि उपस्थित सदस्यहरूका बाहुलीबाट धूप दीप तथा माल्यार्पण गरेर कार्यक्रमको शुभारम्भ गरियो। यस अवसरमा गोविन्दसिँह घतानीले हाम्रो जीवनमा अम्बेदकरको योगदान र महत्वबारे प्रकाश पारे भने सबिता गजमेर अनि सुष्मा सिंहले पनि अनुसूचित जातिको सुरक्षा र उत्थानको निम्ति बाबा साहबले संविधानमा राखेका कानुन र प्रावधानहरूबारे प्रकाश पारे।अन्त्यमा अध्यक्ष गहतराजले अम्बेदकरको जीवन वृत्तान्तले आफ्नो जीवनमा प्रभावबारे अवगत गराउँदै अम्बेदकरले दिएको मूल मन्त्र नै शिक्षा हो भनी बताए। उनले शिक्षाद्वारा नै अम्बेदकरले समाज र देशमा परिवर्तन ल्याउन सकेको भन्ने कुरोमा अम्बेदकरका कैयन् दृष्टान्तहरू सुनाए अनि हामीले सही अर्थमा अम्बेदकरलाई साँचो श्रद्धाञ्जली दिनु हो भने उनले देखाएको मार्ग दर्शनमा हिँड़्नुपर्ने आह्वान पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement