वरिष्ठ साहित्यकार आरके प्रधानको निधन

IMG-20240415-WA0197.jpg

सोनादा: भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार आरके प्रधानको आईतबार राती सिलगढीस्थित नर्सिङ होममा उपचारको क्रममा निधन भयो। ६६ वर्षीय आरके प्रधान केही समय यता हृदय रोगका कारण उपचाराधीन अवस्थामा थिए। ५ अप्रेल १९५८ सालमा जन्मिएका साहित्यकार प्रधान मुण्डाकोठी उच्च विद्यालयका अवकाशप्राप्त शिक्षक प्रभारी थिए। नेपाली भाषा, साहित्य, शिक्षा अनि समाजप्रति समर्पित प्रधानले साहित्यको फाँटमा तीनवटा महत्वपूर्ण कृतिहरू दिएका छन्।’केही सम्झना केही अर्चना’, दुबई डायरी, मुण्डाकोठी हिजो र आज गरी तीनवटा कृतिहरू प्रकाशित छन्। उनी सोनादा साहित्य संस्थानका संस्थापक सदस्य थिए। उनको आकस्मिक निधनमा गहिरो शोक प्रकट गर्दै सोनादा साहित्य संस्थानका मूलसचिव नरेश कटुवालले उनको निधनले साहित्य र समाजको निम्ति गहिरो क्षति पुगेको बताए। उनी थुप्रै शैक्षिक, सामाजिक तथा साहित्यिक संस्थाहरूसँग सम्बन्धित थिए। उनले आफुपछि धर्मपत्नी, छोरा बुहारी, छोरी ज्वाई आदिलाई छोडी गएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *