तीनधारे सुकना समष्टिको विभिन्न क्षेत्रहरूमा गोरामुमो अध्यक्ष मन घिसिङद्वारा भाजपा प्रार्थी राजु विष्टको लागि चुनाव प्रचार

IMG-20240415-WA0194.jpg

खरसाङ: गोरामुमो खरसाङ ब्राञ्च कमिटी अन्तर्गत तीनधारे सुकना समष्टिका विभिन्न क्षेत्रहरुमा गोरामुमो अध्यक्ष मन घिसिङद्वारा चुनाव प्रचार गरिएको छ। महानदी ग्राम पञ्चायत अन्तर्गत घुम्ती चियाबारीको सिंहदेवी मन्दिर अनि शिवखोला मन्दिरमा पूजा आर्चना गरी भारतीय जनता पार्टीको लोकसभाको प्रार्थी राजु विष्टको निम्ति चुनाव प्रचार गरेका छन्। यस अवसरमा खरसाङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामा, केन्द्रीय समिति सदस्य जेबी गुरुङ, दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एमजी सुब्बा, केन्द्रीय समिति उपाध्यक्ष किशोर गुरुङ, एचपीडब्ल्यु महासचिव एसके लामा, गोरायुमो, गोर्खा राष्ट्रिय भूतपूर्व सैनिक संगठन गोर्खा एकता चालक संगठन, गोरानास प्रतिनिधिवर्ग लगायत गोरामुमो कार्यकर्ताहरु उपस्थित रहेका थिए। खरसाङ बजार, धोबी खोला, घुम्ती कमान, महानदी, सिविटार, गिताङ्गे, शिवखोला, नरबुङ, सिपाहीधुरा चियाबारी, रङटङ, दुई नम्बर, तीनधारे अनि घैयाबारीमा गोरामुमो अध्यक्ष मन घिसिङद्वारा चुनाव प्रचार गरेका छन्। यसै क्रममा खरसाङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामाले पत्रकारहरुलाई सम्बोधन गर्दै गोरामुमो अध्यक्ष मन घिसिङलाई चुनाव प्रचारको क्रममा जनताद्वारा स्वागत जनाएका छन् भनी बताएका छन्। उनले वर्तमान पहाडको परिवेशलाई भन्नु पर्दा अहिले घडी धेरैको घण्टी बजिरहेको छ। शिक्षक नियुक्ति घोटालामा सीबीआई जाँचको आदेशलाई हामी स्वागत गर्दछौं। सत्ताको गलत दुरुपयोग गरेर भाई भतिजावद गरी नियुक्त गरेका छन्। हाम्रो पहाडको योग्य भाई बहिनीहरुले पाएनन्। यसको मूल जड भनेको असंवैधानिक ब्यवस्था जीटीए हो। राजु विष्ट भारत देशको कुनै पनि प्रान्तमा जन्मेको होस् तर उसको किपट चाहिँ दार्जीलिङ हो। यहाँ गोर्खाहरुलाई विदेशी भन्दैछ तर सिमा पारीबाट अनुप्रवेशकारीहरुलाई ल्याएर भारतको नागरिकता प्रदान गर्दैछ।

गोर्खाहरुको समस्याको समाधान नजिक रहेको प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको वक्तव्यले अब हाम्रो समस्याको समाधान नजिक रहेको कारण अब मुद्दा पार लगाउन राजु विष्टलाई भारी मतले जिताएर पठाउनुपर्छ भनी बताएका छन्। निमा लामाले भने, समाजमा अहिले घडी अन्य राजनैतिक दलले विभिन्न भौतिक वस्तुहरु दिएर भोट माग्ने गर्दैछ। यस्तो कुरामा हामी लाग्नु हुँदैन । त्यो सबै भ्रष्टाचार गरी ल्याएको पैसाले किनेको हो हामी मुद्दा फत्ते गराउन लाग्नु पर्छ। राजु विष्ट हाम्रो मुद्दा पार लगाउने माध्यम हो र भारी मतले राजु विष्टलाई जिताउनुपर्छ भन निमा लामाले अपिल समेत गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *