मन्त्रीको राजीनामा पछि मुख्यमन्त्री कार्कीले तोके मन्त्रालय

IMG-20240415-WA0000

झापा भद्रपुर (नेपाल): कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरूले राजीनामा दिएको पाँच दिनपछि जिम्मेवारी तोकेका छन्। लामो समयसम्म अन्योल सिर्जना गराएको भन्दै चौतर्फी आलोचना भएपछि कार्कीले  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी तोकेका हुन्।  सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले मन्त्रालयहरूको जिम्मेवारी तोक्न सकेका थिएनन्।

नेकपा माओवादी केन्द्रले ३ वटा मन्त्रालयको नेतृत्व गरेको थियो।  सामाजिक विकास मन्त्रालयमा राजेन्द्र कार्की, पर्यटन वन तथा वातावरण मन्त्रालयमा गणेश उप्रेती र सिचाई तथा ऊर्जा मन्त्रालयबाट नारायणबहादुर बुर्जा मगरले मन्त्री पदबाट राजीनामा दिएका थिए। राजीनामा दिएपछि ती मन्त्रालयको नेतृत्व कसले गरेको छ भन्ने अन्योल लामो समयदेखि मन्त्रालयका कर्मचारीहरूमा रहेको थियो। लामो समयसम्म पनि मन्त्रालयको जिम्मेवारी तोक्न नसकेको भन्दै मुख्यमन्त्री कार्कीको आलोचनाको बीच उनले जिम्मेवारी आफैँले राखेको पत्र प्रदेश प्रमुखकोमा पठाएका छन्।  काम गर्नै नजानेर अलमलमा परेको आरोप लाग्दै आएको मुख्यमन्त्री कार्कीले ५ दिनपछि जिम्मेवारी तोकेका हुन्। सरकारबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत मालेसहितका ५२ जना प्रदेश सभा सदस्यहरूले कोशी प्रदेशका प्रमुख परशुराम खापुङ  समक्ष विशेष अधिवेशनको माँग गरेका छन्। त्यसैको आधारमा कोशी प्रदेश सभाको विशेष अधिवेशन १८ अप्रेल (वैशाख ६ गते)मा बोलाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement