संकल्प पत्रमा उल्लेख छैन भने राजू विष्ट बाेलेर केही हुँदैन: प्रशान्त लामा

IMG-20240415-WA0186.jpg

मिरिक: भारतीय जनता पार्टीकाे संकल्प पत्रमा गाेर्खा जातिकाे लागि ‘ग’ सम्म उल्लेख नहुनु अति नै दु:खलाग्दो कुराे हाे भनी हाम्रो पार्टीको मिरिक महकुमा समितिको अध्यक्ष प्रशान्त लामाल बताएका छन्। उनले भाजपाले जुन संकल्प पत्र सार्वजनिक गर्याे त्यसले गाेर्खा जातिलाई हेर्ने भाजपाकाे चरित्र उदाङ्गाे भएकाे छ भन्दै कुनै पनि कार्यकाे लागि दस्तावेजलाई आधार मानिन्छ। भाजपाले २०२४ काे लाेकसभालाई केन्द्र गरेर जारी गरेकाे संकल्प पत्र भाजपाले चुनाउमा विजय बनेकाे खण्डमा जनताकाे लागि के कति गर्न सक्छ भनी तयार पारिएकाे याेजनाकाे सूचि नै हाे जसमा गाेर्खा जातिकाे लागि केही उल्लेख नहुनु खेदकाे कुराे हाे। दस्तावेज अथवा भाजपाकाे संकल्प पत्रमा गाेर्खा जातिकाे लागि केही उल्लेख गरेकाे छैन अथवा गाेर्खाकाे लागि केही गर्छु भनेर भनेकाे छैन भने भाजपा प्रार्थी राजु विष्ट बाेलेर केही हुनेवाला छैन। संकल्प पत्र बाेल्ने बेलामा राजु विष्ट बाेली रहेकाे छ।संकल्प पत्र भाजपाकाे कार्य गर्ने सूचि हाे। जून संकल्प पत्रमा गाेर्खाल्याण्डकाे त कुराे छाेडाै विगत चुनाउकाे संकल्प पत्रमा उल्लेख गरिएकाे पीपीएस र गाेर्खाकाे ११ जात गाेष्ठिलाई जनजातिकाे दर्जा प्रदान गर्ने कुराे पनि हटाएकाे छ। संकल्प पत्र भाजपाकाे भिजन हाे।राजू विष्ट एउटा माध्यम मात्रै हाे। संकल्प पत्रमा नै गाेर्खाल्याण्ड लेखिएकाे छैन। भाजपाले पहाडकाे जनतालाई लाटा बनाँउदैछ। जनता अब लाटा हुनु हुदैन।भाजपाकाे चरित्र उदाङ्गाे भइसकेकाे अब जनताले भाजपाकाे ढाटकाे राजनितीकाे अन्त गर्नुपर्छ। भाजपाकाे ढाँट र छलकाे राजनीतिमा फस्याैं भने भविष्यमा पच्ताँउनु सिवाय केही छैन। यसैले सचेत भएर यसपटक मतदाताहरूले मतदान गर्नुपर्छ भनी बताएका छन्। उनले भने, दार्जिलिङ पहाडमा भाजपा हाेइन राजू विष्ट बाेल्दैछ। राजू़ विष्ट भाजपाकाे एउटा पार्टी कार्यकर्ता मात्रै हाे।भाजपाकाे नीति निर्धारण गर्ने शीर्षस्थ नेताहरू छन्। उनै शिर्षस्थ नेताहरूले तयार पारेकाे संकल्प पत्रमा गाेर्खाकाेलागि केही छैन।यस्ताेमा जनताले भाजपाकाे संकल्प पत्रलाई पत्याँउने कि राजू विष्टकाे कुराेलाई ? यसपटक जनताले सही निर्णय लिनुपर्छ पन्ध्रबर्ष सपना र आश्वसन दिने भाजपालाई लखेट्नुपर्छ।भाजपाले यहाँ क्षेत्रीय पार्टीहरूलाई एनाेकाेण्डाले जस्ताे निल्ने कार्य गरिरहेकाे छ। यहाँकाे क्षेत्रीय दलहरूलाई मासेर गाेर्खाल्याण्डकाे मुद्धालाई सधैकाेलागि मेटाउने भाजपाकाे डरलाग्दो षड्यन्त्र छ। याे षड्यन्त्रलाई स्वाभिमानी गाेर्खाहरूले सफल हुनु दिनु हुदैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement