एनजेपीमा हकरहरूको पुर्नवासको मागमा र्याली तथा ज्ञापन

19-03-07-Capture2-3.png

सिलगढी: रेल मन्त्रालयले एनजेपी स्टेसनको योजना स्वीकार गरेपछि रेल स्टेसन संलग्न इलाकामा रहेको हकर तथा केही बस्तीहरू उच्छेद गर्नको लागि रेलवे विभागले नोटिस जारी गरेको छ। यसैले तृणमूलको श्रमिक संगठन आईएनटीटीयुसीले आज हकरहरूको पुर्नवासको माग गर्दै आन्दोलन गरेका छन्। आईएनटीटीयुसी एनजेपी शाखाका सदस्यहरूले आज ऱ्यालीको माध्मयमद्वारा रेलवे कार्यालयमा पुगेर अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। उक्त ज्ञापन पत्रमा हकरहरूको पुर्नवासको माग उल्लेख गरेको छ। संगठनका दार्जिलिङ जिल्ला सभापति निर्णय दे-ले बताएअनुसार उक्त संगठन विकासको पक्षमा रहेकोले गरिब मानिसहरूलाई उच्छेद गर्ने रेलवे विभागको निर्णयलाई स्वीकार गर्नेछैन हकरहरूलाई पुर्नवासको व्यवस्था गरिदिएर मात्र उच्छेद गर्ने यदि यसो नगरेको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement